२०८३ भाद्र १ सोमबार
२०८३ भाद्र १ सोमबार

हैदराबादविरुद्ध पञ्जाबले निकाल्यो जित

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज भएको दोस्रो खेलमा किंग्स ११ पञ्जाबले सनराइजर्स हैदराबादलाई पराजित गरेको छ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा भएको खेलमा पञ्जाबले हैदराबादलाई १२ रनले हराएको हो।

टस हारेर ब्याटिङमा उत्रिएको पञ्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १२६ रन जोडेको थियो।

पञ्जाबका लागि निकोलस पुरनले सर्वाधिक ३२ रन बनाउँदा कप्तान केएल राहुलले २७, क्रिस गेलले २० तथा मन्दिप सिंहले १७ रन जोडे।

उता हैदराबादका लागि सन्दीप शर्मा, जेसन होल्डर र रासिद खानले समान २/२ विकेट लिए।

१२७ रनको लक्ष्य पछ्याएको हैदराबाद १९ दशमलव ५ ओभरमा अलआउट हुन पुग्यो।

हैदराबादका लागि कप्तान डेभिड वार्नरले सर्वाधिक ३५ रन बनाउँदा विजय शंकरले २६ रन जोडे। त्यस्तै, जोन्नी बेयरस्टोले १९ तथा मनिष पाण्डेले १५ रन जोडे।

उता पञ्जाबका लागि क्रिस जोर्डन र अर्शदीप सिंहले ३/३ तथा मोहम्मद शामी, मुरुगन अश्विन र रवि बिश्नोईले १/१ विकेट लिए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।