२०८३ श्रावण ७ बिहीबार
२०८३ श्रावण ७ बिहीबार

कञ्चनपुरमा अवैध सुन सहित ४ जना पक्राउ

कञ्चनपुर- कञ्चनपुरमा अवैध सुन सहित ४ जना पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेटक्वाटर शैलेश्वरी बोर्डर आउट पोष्टले अवैध सुन, ब्राउन सुगर, नाईट्रोभ्याट र प्रोभोलिन सहित ४ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा धनगढी उप–महानगरपालिका वडा नम्बर २ का १६ वर्षिय हिमाल शाह, शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० का  २८ वर्षिय मनिष सुनार, भिमदत्त नगरपालिका वडा नम्बर ३  भाँसीका ३५ वर्षिय जनक जोशी र वडा नम्बर १५ का ३६ वर्षिय नगेन्द्र चन्द रहेका छन् ।  

शाह र सुनारलाई  ३ दशमलव ५ ग्राम ब्राउन सुगर, १ दशमलव ५ आना सुन सहित पक्राउ गरिएको हो । चन्द र जोशीलाई कोरेक्स ९६ बोतल, नाईट्रोभ्याट २४ ट्याबलेट र प्रोभोलिन १५ पिस सहित पक्राउ गरिएको  छ । उनीहरुले मोटरसाईकलमा लुकाएको सूचनाका आधारमा पक्राउ गरिएको शसस्त्र प्रहरीले जानकारी दिएको छ ।

कानूनी कारबाहीका लागि अबैध सुन, लागुऔषध र मोटरसाइकल सहित उनीहरुलाई ईलाका प्रहरी कार्यालय बेलडाँडीमा बुझाइएको छ। सशस्त्र प्रहरी सहायक निरिक्षकहरु राजेन्द्रप्रसाद भट्ट र उत्तम सिँह विष्टको कमाण्डमा खटिएको समुहले उनीहरुलाई पक्राउ गरेको हो । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।