कञ्चनपुर – जिल्लाको कृष्णपुर नगरपालिका-२ बाट जिल्ला प्रहरीले जुवा खेलेरहेको अवस्थामा ५ जना जुवाडे पक्राउ गरेको छ ।



उनिहरुको साथबाट नगद १ लाख ८१ हजार नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। स्थानीय विपिन चन्दको घरबाट शनिवार वेलुका ६ वजे नगद १ लाख ८१ हजार रुपैयाँ सहित ५ जना जुवाडेलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिका ४ का जय बहादुर धानुक ,वडा नम्बर ७ का नर बहादुर कुवँर र कृष्णपुर नगरपालिका वडा नम्बर १ का सुमन भण्डारी,वडा नम्बर ५ का यज्ञराज पाण्डेय वडा नम्बर २ दमन चन्द रहेका छन्।
विशेष सूचनाको आधारमा शनिवार बेलुका करिव ६ बजे उनीहरुले नगद पैसासहित जुवा खेलिरहको अवस्थामा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपि अमर बहादुर थापाले जनाएका छन् ।
उनले नियन्त्रणमा लिएका सबैलाई ईलाका प्रहरी कार्यालय झलारीको हिरासतमा राखिएको र जुवा ऐन अन्तर्गत कारवाहि हुने बताए।

























