२०८३ असार ६ शनिबार
२०८३ असार ६ शनिबार

कञ्चनपुरमा जंगली हात्तीको झुण्ड प्रवेश ,सर्तक रहन जिल्ला प्रशासन कार्यालयको अनुरोध

कञ्चनपुर । कञ्चनपुरमा जंगली हात्तीको झुण्ड प्रवेश गरेको छ। भारतको दुधवा नेशनल पार्क लगायतका स्थानबाट लालझाडी संरक्षित वन भएर शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र सोको मध्यवर्ती क्षेत्रमा १० देखि १५ सम्म हात्तीको झुण्ड प्रवेश गरेकोले सर्तक रहन जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले अनुरोध गरेको छ ।
मंगलबार एक सूचना जारी गर्दै प्रशासनले जंगली हात्तीको झुण्ड दिउँसो जंगलमा बस्ने र साँझ तथा रातिको समयमा मध्यवर्ती क्षेत्रका गाउँबस्ती तथा खेतबारीमा आउने गरेको जनाएको छ। प्रशासन कार्यालयले जंगली हात्ती गाउँबस्तीमा आएको थाहा पाउनासाथ उच्च सतर्कता अपनाउन स्थानीयलाई अनुरोध गरेको हो ।
यस्तै हात्ती आएको जानकारी पाउनासाथ नजिकको निकुञ्ज पोष्ट, सुरक्षा पोष्ट, सुरक्षा निकायमा जानकारी गराउने तथा सुरक्षित भएर जंगली हात्तीलाई धपाउने लगायतका कार्य गर्न सूचनामा भनीएको छ।
केहि दिन अघि मात्रै पुनर्वास नगरपालिका ७ उदरीका लबरु राना थारुलाई जंगली हात्तिले आक्रमण गरेको थियो । उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ । उनले चलाउदै आएको से १ त ७३०८ नम्बरको मोटरसाइकलमा भने क्षति पुगेको थियो ।
खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।