२०८३ श्रावण ७ बिहीबार
२०८३ श्रावण ७ बिहीबार

बैतडीको निङ्गलासैनी भगवती मन्दिरमा ५० रागाको बली

धनगढी, ८ कार्तिक । कोरोना महामारीका कारण बैतडीमा महाअष्टमीका अवसरमा लाग्ने मेला नलागेपनि पशुबली दिइएको छ । 

जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर २ मा रहेको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा कोरोना महामारीकैबीच पशुबली चढाउन दिइएको हो । स्थानीय प्रशासनले रोक लगाएपनि भीडभाड नगरी स्वास्थ्य सुरक्षाको मापदण्डको पालन गर्दै यसअघि नै भाकल गरिसकेका भक्तजनहरुले पशुबली दिएको निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका अध्यक्ष मानबहादुर बोहराले बताए । 

उनका अनुसार बोकाको बली नदिइएपनि मन्दिरमा ५० वटा रागाको बली चढाइएको छ । ती रागाहरु बिहान ६ बजे भित्र बली चढाइसकेको उनले बताए । स्थानीय प्रशासनले रोक लगाउँदा समेत सर्वसाधारणले नमानेपछि बाध्य भएर मन्दिरमा बली दिन अनुमती दिइएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । 

बैतडीका अन्य शक्तिपीठहरुमा समेत बली चढाईएको बताइएको छ तर विवरण भने सार्वजनिक गरिएका छैनन् । जिल्ला प्रशासन कार्यालयले यसअघि नै सूचना जारी गर्दै कोरोना संक्रमणको जोखिमका कारण मन्दिरहरुमा सामूहिक पूजापाठ गर्न तथा पशुबली चढाउन रोक लगाएको थियो । 

तर स्थानीयले भने धार्मिक परम्परा र आस्थालाई तोड्न नसकिने भन्दै पशुबली दिइरहेका हुन् । निङ्गलाशैनी भगवती मन्दिरमा हरेक वर्ष महाअष्टमीका दिन पशुबली दिने गरिन्छ । सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक स्थल उग्रतारामा पनि महाअष्टमीमा लाग्ने मेलामा बली चढाउने गरिएको थियो । तर यसवर्ष भने कोरोना महामारीका कारण मेला नलागेको बताइएको छ । 

यस्तै डोटीमा समेत डोटीका शक्तिपीठ र मन्दिरलाई निषेधित क्षेत्र घोषणा गरेका कारण ठुलो मेला र पशुबली दिईएको छैन । मन्दिर तथा शक्तिपीठमा नागरिकको भीड बढेपछि कारण कोरोना सङ्क्रमण बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले निषेधित क्षेत्र घोषणा गरेपछि महाअष्टीमा पर्वमा लाग्ने मेला नलागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।