२०८३ श्रावण ७ बिहीबार
२०८३ श्रावण ७ बिहीबार

किन बढ्दैछ दक्षिण एसियाका साना मुलुकका अमेरिका र भारतको दौडधुप ?

काठमाडौं । पछिल्ला केही महिनायता दक्षिण एसियाका साना मुलुकमा भारतीय र अमेरिकी उच्च अधिकारीहरुको भ्रमण बाक्लिएको छ ।

अमेरिकामा राष्ट्रपति निर्वाचनको समयमा आउन अब एक हप्ता मात्रै बाँकी छ तर यतिबेला अमेरिकी उच्च अधिकारीहरु भने दक्षिण एसियाका साना मुलुकको भ्रमणमा आउँदैछन् ।

अमेरिका विदेश मन्त्रालयले विदेश मन्त्री माइक पम्पियोले भोलिदेखि अक्टोबर ३० सम्म दक्षिण एसियाली मुलुकहरु भारत, श्रीलंका र माल्दिभ्सको भ्रमण गर्ने घोषणा गरेको छ ।

सबैभन्दा पहिला भारतको भ्रमण गरी अमेरिकी विदेशमन्त्री पम्पियो अन्य मुलुकहरुको भ्रमणमा जाँदैछन् । यस अवधीमा उनले इन्डोनेसियाको समेत भ्रमण गर्नेछन् । विदेश मन्त्रालयले श्रीलंकामा इन्डो प्यासेफिक रणनीतकिो बारेमा छलफल गर्नेसमेत उल्लेख गरेको छ ।

यस अगाडि नै जापान भ्रमणमा आउँदा एसियाली मुलुकहरुको भ्रमण गर्ने तय भएपनि त्यसलाई सारिएको थियो ।

अमेरिका मात्र होइन्, भारतले पनि छिमेकी मुलुकहरुसँग कि भर्चुअल माध्यम, कि प्रत्यक्ष भेटघाट मार्फत संवाद अगाडि बढाइरहेको छ । गएका केही हप्तामा भारत र बंगलादेशको बिचमा परराष्ट्रमन्त्री तहको संवाद भएको छ भने त्यसभन्दा अगाडि कोभिडको संकटकै समयमा भारतीय विदेश सचिवले बंगलादेशको भ्रमण गरेका थिए ।

यसै बिचमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षे बिच पनि भिडियो संवाद भएको छ । यति मात्र होइन, भारतीय अधिकारीहरुले भुटानको समेत भ्रमण गरिरहेका छन् ।

भारतीय खुफिया एजेन्सी रअका प्रमुखले भारतका सबै छिमेकी मुलुकको भ्रमण गरिरहेका छन् । दुई दिन अगाडि मात्रै उनले नेपालको भ्रमण गरेर फर्केका थिए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।