२०८३ श्रावण ७ बिहीबार
२०८३ श्रावण ७ बिहीबार

डोटीको दलित गाउँमा बल्ल पुग्यो खानेपानी

डोटी, ८ कात्तिक । जिल्लाको जोरायल गाउँपालिका–२ को बिकट बस्ती पनालीगैरामा वर्षौपछि शुद्ध खानेपानी पुगेको छ ।

उक्त गाउँका दलित समुदायमा निर्माण सुरु गरेको लामो समयपछि शुद्ध खानेपानी पुगेको हो । गाउँमा खानेपानी पुगेपछि स्थानीयवासी खुशी भएका छन् ।

सो गाउँपालिकाको ३५ प्रतिशत बजेट, ग्रामीण जलश्रोत व्यवस्थापन परियोजनाको ३९ प्रतिशत र उपभोक्ताको २६ प्रतिशत श्रमदान गरी कुल २९ लाख ९१ हजार ६२२ रुपैंयाको लागतमा पनालीगैरा खानेपानी तथा सरसफाइ योजना निर्माण कार्य गरिएको हो ।

विसं २०७६ पुस २९ गतेबाट निर्माण कार्य शुरु गरिएको उक्त योजनाको काम सम्पन्न भई आज उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको सहजिकरण गर्ने संस्था केदार ग्रामीण विकास समाज नेपाल डोटीका फिल्ड संयोजक राम दाहालले बताए । सो गाउँमा २० घरधुरीका १३५ दलित परिवार छन् ।

गाउँपालिकाका उपाध्यक्ष जमुनाकुमारी बोहराले भने, “गाउँमा पानी नहुँदा दलित परिवारलाई निकै पीडा हुँदै आएको थियो, निकै प्रयासपछि शुद्ध पानी आएको छ, दलित परिवारलाई राम्रो भयो ।” रासस

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।