कन्चनपुर –जिल्लामा जंगली बँदेलको आक्रमणबाट तीन जना घाइते भएका छन। बेदकोट नगरपालिका १ चम्फापुरका रामचन्द्र रेग्मी, शारदा जोशी र दिपक सिंह घाइते भएका छन।घाइते तीनै जनाको महाकाली अस्पताल भीमदत्तनगरमा उपचार भैरहेको छ।
घर आँगनमा बसिरहेका बेला शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको जंगली बँदेलले आक्रमण गरेको घाइते रेग्मीले बताए ।आक्रमण गर्न आएको बँदेललाई स्थानिय बासिन्दाले हो हल्ला गरी निकुञ्ज तर्फ भगाएका छन्।
Views: 49