दिपकराज भट्ट / डडेल्धुरा ( अजयमेरु ) – डडेल्धुराकाे अजयमेरु गाउँपालिका ३ जयप्रकाश पनेरु शारीरिक रुपले अपांग छन्। उनि बेसाहारा बनेकाे समयमा अजयमेरु गाउँपालिकाका ३ वडा सदस्य सुरेन्द्र मल्लले पनेरु लाई अाफ्नाे सेवा सुविधा बाट लुगा कपडा , जुत्ता दिएका छन् । मल्ल भन्छन् ” हामिले दशैमा हराजाै रुपैयाकाे खुसियालि मनाउछाै तर गाउमा रहेकाे बृद्वबृद्वा, अपांगहरुले अाफ्नाे खुसिकाे पीडा लुकाईरहेका हुन्छन् यसलाई देख्न नसकेर पनेरुकाे मुहारमा खुसियालि अाअाेस भनेर मैले व्यक्तिगत सहयाेग गरकाे हु र सबैको दशै आउछ तर कमजोर र बेसहाराको खुशी हेर्न सबैको दशै भन्दा बेग्लै मजा आयो आज प्रिय साथि जयप्रकाश पनेरु (गोप) उसको इच्छा बमोजिम दसैं लुगाफाटोमा सजिएको हर्सित मुद्राको देख्न पाउँदा म पनि खुसि भएकाे छु “।



Views: 133

























