२०८३ जेष्ठ ८ शुक्रबार
२०८३ जेष्ठ ८ शुक्रबार

२४ घण्टामा ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, ६ कात्तिक । पछिल्लो २४ घण्टामा बिहीबार थप ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  बुधबार एकैदिन ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

मन्त्रालयले आयोजना गर्ने नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म संक्रमितको संख्या १ लाख ४८ हजार ५०९ पुगेको जनाए । यो सँगै देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ४४ हजार ८७७ पुगेको छ ।

२४ घण्टामा १५ हजार २५५ पीसीआर परीक्षण भएका छन् । त्यसैगरी २४ घण्टामा २१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८१२ पुगेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।