धनगढी ।सुदूरपश्चिम प्रदेशका बिभिन्न जिल्लामा संक्रिय संक्रमितको संख्या १ हजार ५ सय १ पुगेको छ ।



प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार सबैभन्दा धेरै कैलालीमा ६ सय ७६, डोटीमा १ सय ५७, कञ्चनपुरमा १ सय २४, बझाङमा १ सय ५३, अछाममा ८३, बैतडीमा ४९, डडेल्धुरामा ६२, दार्चुलामा १ सय ८२ जना र बाजुरा ६ जनामा कोरोनाका संक्रिय संक्रमित रहेका छन ।
सुदूरपश्चिमबाट हाल सम्म ७ हजार ४ सय ५३ जना डिस्चार्ज भएका छन । बुधबार कन्चनपुरबाट १९ जना, बझाङबाट ६, बैतडीबाट ४ जना र कैलालीबाट ३ जना डिस्चार्ज भएका छन ।
सुदूरपश्चिममा २ हजार ३ सय ४३ जनाको स्वावको रिर्पोट आउन बाकी रहेको सामाजीक बिकाश मन्त्रालयले जनाएको छ ।
प्रदेशमा हाल सम्म संक्रमीतको संख्या ८ हजार ९ सय ७३ पुगेको छ भने २१ जनाको कोरोनाको कारण मृत्यु भइसकेको छ ।
Views: 121

























