२०८३ जेष्ठ १ शुक्रबार
२०८३ जेष्ठ १ शुक्रबार

सुदूरपश्चिममा थप १ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी- सुदूरपश्चिम प्रदेशका थप १ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका ३ वटा प्रयोगशालामा गरीएको कोरोना परीक्षणमा १ सय ३२ जनामा संक्रमण पुष्टि भएको हो । सेति प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा ६ सय ६ जनाको परीक्षण गरिएकोमा ४७ जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिका २३ जना, गोदावरी नगरपालिकाका ३ जना, त्यसैगरी टीकापुर नगरपालिका र कैलारी गाउँपालिकाका, जोशीपुर गाउँपालिकाका २÷२ जना, यस्तै गौरीगंगा नगरपालिका, लम्किचुहा नगरपालिका र बर्दगोरीया गाउँपालिकाका एकरएक जनामा संक्रमण देखिएको बताउनु भयो ।

यस्तै कैलालीकै ठेगाना नखुलेका ७ जनामा पनि संक्रमण देखिएको उहाले बताउनु भयो । त्यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका, बेलौरी नगरपालिका, कृष्णपुर नगरपालिका र पुर्नवास नगरपालिकाका एक÷एक जनामा समेत कोरोना पुष्टि भएको छ ।

यस्तै डोटीको केआई सिह गाउँपालिकाका एक जनामा पनि कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिनु भयो । यस्तै डडेल्धुरा अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा दार्चुलामा थप ५० र डडेल्धुराको अमरगढी नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भुसालले दार्चुलाका ५० र डडेल्धुराको अमरगढी नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनु भयो । उता डोटीमा गरिएको परिक्षणमा थप १० जनामा कोरोना पुष्टी भएको छ ।

संक्रमण पुष्टी हुनेमा दिपायल सिलगढी नगपालिकाका ९ जना पुरुष र केआईसिह गाउपालिकाका १ जना पुरुषमा संक्रमण पुष्टी भएको जिल्ला अस्पताल डोटीका ल्याव इन्चार्ज शौरभ श्रेष्ठले जानकारी दिनु भयो । यस्तै बझाङ अस्पतालको प्रयोगशालामा १९, कमल बजार प्रयोगशालामा ३ र बैतडी प्रयोगशालामा २ जनामा कोरोना पुष्टि भएको छ ।

योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ८ हजार ९ सय ७३ पुगेको छ । संक्रमण पुष्टि भएका ७ हजार ४ सय बढीले कोरोना जितेका छन भने २१ जना संक्रमितको मृत्यु भएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।