डडेल्धुरा – दिप ज्योति युवा क्लब अमरगढी नगरपालिका वडा ०१ दह( भेटा) डडेल्धुरा लाई अाफ्नाे जन्मदिनको अवसरमा खेल प्रेमी , समाजसेवी, क्लब का आ- जीवन् सदस्य समत रहेका जीवन पालले खेल सामग्री दिप ज्याेति क्लब लाई खेल सामाग्री प्रदान गरेका छन् । यसरी अाफ्नाे जन्म दिनकाे अबसरमा खेल सामग्री दिएकाेमा दिपज्याेति क्लबका अध्यक्ष टेक बहादुर ऐरले धन्यवाद व्यक्त गरेका छन् ।



उक्त कार्यक्रममा प्रमुख अतिथि डडेलधुरा बहुमुखी क्याम्पस डडेलधुराका स्वीयु सभापति जगत ऐर , बिशिस्ट अतिथि ने वि संघ नेता ईन्जिनियर भुवन भट्ट , बिषिष्ट अतिथि नेपाली राष्ट्रिय भलिबल टीमका सदस्य ( राष्ट्रिय खेलाडी ) टेकराज अवस्थी लगायत अन्य अतिथिकाे उपस्थिति रहेकाे थियाे ।
कार्यक्रममा बोल्दै स्वियु सभापति जगत ऐरले दिप ज्योति युवा क्लब डडेलधुरा जिल्ला कै नमुना क्लब रहेको , खेल र खेलाडी पक्षमा सधै काम गरि रहेको र फुटबल मैदान निर्माण गर्नु आफैमा ठुलो कार्य रहेको । कार्यक्रममा राष्ट्रिय भलिबल खेलाडी टेकराज अवस्थीलाई पनि सम्मान गरिएको थियो।समाज परिवर्तन महत्त्वपूर्ण भुमिका खेल्न क्लब तयारी रहेको अध्यक्ष टेकबहादुर ऐर ले जानकारी दिनुभयो।

























