२०८३ असार ६ शनिबार
२०८३ असार ६ शनिबार

धनगढीमा मन्त्रालय जाने बाटोमै बम फेला

धनगढी : सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय जाने बाटोमा बम फेला परेको छ। धनगढीस्थित मुख्य सडक नजिकै रहेका दुवै मन्त्रालय जाने बाटोमा कुकर बम जस्तै देखिने बस्तु फेला परेको हो। 

मन्त्रालय जाने बाटोमा राखिएको उक्त बस्तु अहिले प्रहरीले मुख्य सडक पारी राखेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बम जस्तै देखिने शंकास्पद बस्तु फेला परेको बताए।

उनका अनुसार डिस्पोजका लागि नेपाली सेनाको टोली सो स्थानमा पुगिरहेको छ। उता कैलालीको घोडाघोडी नगरपालिकाको गाडीमा आगजनी गरिएको छ। नगरपालिकाको से १ झ २४१ नम्बरको स्कारपियो गाडीमा आगजनी गरिएको हो।

घोडाघोडी नगरपालिकाका उप प्रमुख प्रेम कुमारी थापाले प्रयोग गर्ने गाडी पार्किङ गरिराखिएको अबस्थामा आगजनी गरिएको ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख हरिशरण भट्टले जानकारी दिए।

आगलागीबाट गाडीको पछाडि पट्टिको भाग जलेको छ। आगलागी कस्ले ग¥यो भन्ने विषयमा केही खुलेको छैन्।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।