भारतीय क्रिकेटर महेन्द्र सिंह धोनीको नाममा इन्डियन प्रिमियर लिग ९ आईपीएल०का दुई सय खेल खेलेको रेकर्ड कायम भएको छ । आईपीएल इतिहासमा दुई सय खेल खेल्ने क्रिकेटर धोनी पहिलो हुन् ।



आईपीएलको १३ औं संस्करणमा सोमबार राति चेन्नई सुपर किङ्सका कप्तान धोनीले राजस्थान रोयल्सँग २०० औं खेल खेलेका हुन् । योसँगै उनी आईपीएलमा दुई सय खेल खेल्ने पहिलो खेलाडी बने ।
सदावहार विकेट किपर र संकटमा टिममका लागि उत्कृष्ट ब्याटिङ गर्ने धोनी सन् २००८ देखि लगातार आईपीएल खेल्दै आएका छन् । सन् सन् २०१६ र ०१७ मा राइजिङ पुनेबाट खेलेका धोनी नत्र लगातार चेन्नईबाट खेलिरहेका छन् ।
धोनीले सन् २००८ देखि २०२० सम्म आईपुग्दा दुई सय खेलमा १ सय ७८ इनिङ्स खेल्दै ४ हजार ६८ रन बनाएका छन् ।
उनको सोमबार रातिको कीर्तिमानी खेलमा भने राजस्थान रोयल्ससँग चेन्नई ७ विकेटले पराजित भएको छ ।
टस जितेर पहिलो ब्याटिङ गरेको चेन्नईले दिएको १२६ रनको लक्ष्य राजस्थानले १७ ओभरमै पूरा गरेको हो । लक्ष्य भेट्न उसले तीन विकेट गुमाउनु परेको थियो ।
यो हारसँगै साविक उपविजेता धोनीको टिम चेन्नईको प्ले अफ सम्भावना भने कमजोर बनेको छ । अंक तालिकाको पुछारमा रहेको उसले ६ अंक जोडेको छ ।

























