२०८३ जेष्ठ २८ बिहीबार
२०८३ जेष्ठ २८ बिहीबार

मन्त्रिपरिषद्‌: आफू रहेकै स्थानमा बसी चाडपर्व मनाउन आह्वान

काठमाडौं । सरकारले सर्वसाधारण नागरिकलाई आफू रहेकै स्थानमा बसी बडादसैं, तिहार छठलगायतका चाडपर्व मनाउन आह्वान गरेको छ । असोज २६ गते बसेको मन्त्रिपरिषद् बैठकले आफू रहेकै स्थानमा बसी बडादसैं, तिहार छठलगायतका चाडपर्व मनाउन सर्वसाधारणलाई आह्वान गरेको हो ।

सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सोमबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सर्वसाधारण नागरिकलाई आफू रहेकै स्थानमा बसी बडादसैं, तिहार छठलगायतका चाडपर्व मनाउन आह्वान गर्ने निर्णय गरेको जानकारी दिए ।

“सर्वसाधारण नागरिकलाई आफू रहेकै स्थानमा बसी बडादसैं, तिहार छठलगायतका चाडपर्व मनाउन आह्वान गर्ने,” मन्त्रिपरिषद् बैठकको निर्णयमा भनिएको छ । अन्तराष्ट्रिय सीमानाको अवागमनमा लगाइएको रोकलाई कार्तिक ३० गतेसम्मका लागि निरन्तरता दिने निर्णय गरेको छ ।

“अन्तर्राष्ट्रिय सीमानामा रहेका नेपाल प्रवेश गर्ने सबै प्रवेश बिन्दु र खुल्ला सीमानाको जुनसुकै स्थानबाट हुनसक्ने यात्रुहरूको आवागमन २०७७ असोज ३० गते शुक्रबार मध्यरातसम्मका लागि स्थगित गरिएकोमा हाललाई मिति २०७७ कात्तिक ३० गते आइतबार (तदनुसार १५ नोभेम्वर २०२०) मध्यरातसम्मका लागि नेपालको अन्तर्राष्ट्रििय सीमानामा रहेका नेपाल प्रवेश गर्ने सबै प्रवेश बिन्दु र खुल्ला सीमानाको जुनसुकै स्थानबाट हुनसक्ने यात्रुहरूको आवागमन स्थगित गर्ने गरी निरन्तरता दिने,” मनित्रपरिषद् बैठकको निर्णयमा भनिएको छ ।

बैठकले स्थल मार्गबाट नेपाल प्रवेश गर्न तोकिएका प्रवेश बिन्दुबाट नेपाल प्रवेश गर्न दिने व्यवस्था र मालसामानको ढुवानी व्यवस्थालाई यथावत कायम राख्ने पनि निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले सरकारको आदेशको पालना नगरी सीमा नाकाबाट प्रवेश गर्ने–गराउने र प्रवेश गरेका मानिसहरूलाई लुकाउने कार्य गरे प्रचलित कानुनबमोजिम कारबाही गर्नेसमेत निर्णय गरेको प्रवक्ता गुरुङले बताए ।

विश्वव्यापी महामारीको रूप लिएको कोभिड–१९ को संक्रमणको रोकथाम, नियन्त्रणका लागि नेपाल सरकारले संक्रामक रोग ऐन, २०२० को दफा २ बमोजिम जारी गरेको आदेश जनताको जीवन रक्षाका लागि भएको उनको भनाइ थियो ।

बैठकले कोभिड–१९ को संक्रमणको दर तीव्र गतिमा बढिरहेको र लक्षणसहितका संक्रमितहरूको समेत वृद्धि हुँदै गइरहेको भन्दै काठमाडौं उपत्यकालगायतका बढी प्रभावित जिल्लाहरूमा साविकमा तयार भइ हाल प्रयोगमा नरहेका र आइसोलेसन सेन्टरका रूपमा विकास गर्न सकिने क्वारेन्टाइनलाई १५ दिनभित्र गृह मन्त्रालयसँगको समन्वय र सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइसोलेसन सेन्टर बनाउने निर्णय गरेको छ ।

यस्तै संक्रमणको दर तीव्र गतिमा विस्तार भइरहेका जिल्लाहरूमा हाल सञ्चालनमा रहेका आइसोलेसन सेन्टरहरूलाई आवश्यकताअनुसार जनरल वार्डको सेवा उपलब्ध हुने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड अस्पतालमा रूपान्तरण गर्ने पनि निर्णय गरिएको गुरुङले जानकारी दिए ।

उनले स्वास्थ्य मन्त्रालयले कोभिड अस्पतालको रूपमा रूपान्तरण भएका देशभरका सबै सरकारी तथा सार्वजनिक अस्पतालहरूमा १५ दिनभित्रै प्रत्येक प्रदेशमा कम्तिमा दुई सय र काठमाडौं उपत्यकामा दुई हजारको संख्यामा आवश्यक सुविधा र उपकरणसहितका हाइडिपेन्डेन्सी युनिट (एचडीयू) को रूपमा स्तरोन्नति गर्ने बताए ।

मन्त्रिपरिषद् बैठकले सरकारी र सार्वजनिक कोभिड अस्पतालमा उपलब्ध आईसीयू र एचडीयू अपुग भए निजी तथा सामुदायिक क्षेत्रबाट सञ्चालित अस्पतालहरूमा पनि आईसीयू र एचडीयूको व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ ।

सरकारले आसन्न चाडपर्वहरूलाई ध्यानमा राखी स्थानीय तहले स्थानीय प्रशासनको समन्वयमा सडकपेटी तथा अन्य स्थानमा अव्यवस्थित रुपमा पसल, व्यापार–व्यवसाय सञ्चालन गर्न नदिनेसमेत निर्णय गरेको छ ।

पशुपति क्षेत्रमा हाल प्रयोगमा रहेको विद्युतीय शवदाह गृहलाई चौविसै घण्टा सञ्चालनमा ल्याउन आवश्यक जनशक्तिको व्यवस्था गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिइएको छ । साथै थप एक हाइब्रिड शवदाह गृह निर्माण गर्न आवश्यक स्रोतको व्यवस्था सरकारलाई अर्थ मन्त्रालयलाई भनेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।