२०८३ जेष्ठ २८ बिहीबार
२०८३ जेष्ठ २८ बिहीबार

सुदूरपश्चिम प्रदेशका थप १ सय २७ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी, ३ कार्तिक ।सुदूरपश्चिम प्रदेशका थप १ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका २ वटा प्रयोगशालामा गरीएको कोरोना परीक्षणमा १ सय २७ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा ७ सय ६१ जनाको परीक्षण गरिएकोमा ८८ जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाको वडा नम्बर १ का १३ जना, वडा नम्बर ३ का ७ जना, वडा नम्बर ४ का ५ जना, वडा नम्बर ७ का ४ जना, वडा नम्बर ५ का ३ जना र वडा नम्बर ६ का २ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । यस्तै वडा नम्बर २ र १३ का एकरएक जनामा पनि संक्रमण पुष्टि भएको उहाले बताउनु भयो ।

यस्तै कैलालीकै टीकापुर नगरपालिकाका २५ जना, गोदावरी नगरपालिका–५ का ५ जना, मोहन्याल गाउँपालिकाका २ जना, गौरीगंगा नगरपालिका–३ का १ जना र ठेगाना नखुलेका ४ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका ७ जना, कृष्णपुर नगरपालिका–३ का २ जना, शुक्लाफाटा नगरपालिका–१ र ठेगाना नखुलेका एक÷एक जनामा संक्रमण देखिएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताउनु भयो ।

त्यस्तै डोटीको बडीकेदार गाउँपालिकाका ३ जना र बैतडीको दशरथचन्द नगरपालिका–४ का एक जनामा पनि कोरोना पुष्टि भएको छ ।

यस्तै डोटी जिल्ला अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १ सय ९४ जनाको कोरोना परीक्षण भएकोमा ३१ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले डोटीको दिपायल सिलगढी नगरपालिकाका २० जना, बोगटान फुडशिल गाउँपालिकाका ६ जना, शिखर नगरपालिकाका ३ जना, आदर्श गाउँपालिका र केआई सिह गाउँपालिकाका एक÷एक जनामा कोरोना संक्रमण भेटिएको बताउनु भयो ।

उता बझाङ जिल्ला अस्पतालको प्रयोगशालामा ४, कमलबजार प्रयोगशालामा ३ र डडेल्धुरा प्रयोगशालामा १जनामा कोरोना पुष्टि भएको छ ।

योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ८ हजार ७ सय ६९ पुगेको छ । संक्रमण पुष्टि भएका ७ हजार ३ सय बढीले कोरोना जितेका छन भने २० जना संक्रमितको मृत्यु भएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।