कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकका लागि जंगल सफारी खुला गरिएको छ । कोरोनाका कारण चैत ११ देखि बन्द भएको जंगल सफारी शनिबारदेखि खुला गरिएको हो ।



निकुञ्ज प्रशासनले स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पूरा गरेर मात्रै सफारी गर्न सकिने आफ्नो सूचनामा जनाएको छ । दसैं–तिहारको अवधिमा आन्तरिक पर्यटकहरू आउने भएकाले सफारी र जंगल वाक खुला गरिएको निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत रविन चौधरीले बताए ।
सफारी गर्दा सामाजिक दूरी कायम गर्नुपर्ने, मास्क र सेनिटाइजरको प्रयोग गर्नुपर्ने तथा तोकिएको रुटमा मात्रै सफारी गर्न पाइने जनाएको छ । कोरोनाको जोखिम रहेकै कारण निकुञ्जमा हात्ती सफारी, फिसिङ, र्याफ्टिङ र क्याम्पिङ लगायतका गतिविधिहरूमा भने रोक लगाइएको छ ।

Views: 171

























