तारा सँगै “जून”काे, रात फरक पर्छ।
अंगालिदै चुम्ने उनकाे, हात फरक पर्छ ।।



वर्षाै चंचल प्यारमै जाेडिएका जाेडि हेर ।
बिहे भन्दा उनकाे, जात फरक पर्छ ।।
ऊ प्यारकाे इजलासमै हस्टाईल फर्किछे ।
हेर्दा लाग्छ पिरतिकाे, बात फरक पर्छ।।
चियाई चाेरेका तिम्रा चित्कार चिरेर लैजाउ।
मापन गर्नु प्रत्येककाे, खात फरक पर्छ ।।
हेर्छु अचेल तस्वीरमा सन्कि नयन उनैका।
विल्कुल लाग्छ वैशको, मात फरक पर्छ ।।
तारा प्रसाद शर्मा
बेदकाेट०३ शान्तिपुर, कञ्चनपुर
Views: 214

























