धनगढी- धनगढीमा हत्या गरेको अवस्थामा भेटिएका प्रहरी सहायक निरिक्षक गोबिन्द बिकका परिवारले शव बुझेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले मृतकका परिवारले शव बुझेको जनाएको छ । उनको आजै अन्त्येष्टि गर्ने तयारी रहेको छ ।



धनगढी उपमहानगरपालिका वडा नम्बर १२ को अस्थायी प्रहरी पोष्टका ईन्चार्ज विकको धारिलो हतियार प्रहार गरी नदीमा फालेको अवस्थामा शव फेला परेको थियो ।
सँगै गस्तीमा गएका प्रहरी जवान टेकवहादुर साउँदको अवस्था भने अझै अज्ञात रहेको छ ।
धनगढीमा असईको हत्या घटनाको अनुसन्धानका लागि डिएसपीको नेतृत्वमा सिआईबीको टोली परिचालन गरिएको छ ।
Views: 121

























