२०८३ कार्तिक २७ बिहीबार
२०८३ कार्तिक २७ बिहीबार

सांसदहरुले दसँं भत्ता बुझे

विराटनगर । कोरोना महामारीले देश आक्रान्त भइरहेको अवस्थामा संघीय सांसदले दसँं भत्ता बुझे । महामारीमा भत्ता बुझेको भन्दै आलोचना हुन थालेपछि सांसदहरुले भत्ता फिर्ता गरिरहेका छन् ।

संघीय सांसद भत्ता विवादमा मुछिदा प्रदेश १ का सांसद भने आलोचनाबाट जोगिएका छन् । दसैँ भत्ता नलिएका कारण प्रदेश १ का सांसदहरु आलोचनाबाट जोगिएका हुन् ।

प्रदेश १ का सांसदले यसअघि पनि दसैँमा भत्ता बुझेका थिएनन् । महामारीको समयमा सांसदले दसैँ भत्ताको माग पनि गरेनन् ।

फजुल खर्च कटौती गर्ने निर्णय गरेको प्रदेश सरकारले दसैँमा सांसद र मन्त्रीलाई भत्ता दिने निर्णय नै गरेन् । सरकारले निर्णय नगरेका कारण दसैँमा सांसदलाई भत्ता वितरण नगरिएको प्रदेश १ प्रदेस सभा सचिवालयले जनाएको छ ।

‘प्रदेश सांसदहरुले यसअघि पनि दसैँ भत्ता लिनु भएको थिएन्,’ प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले भने, ‘महामारीको समयमा सांसदले भत्ताको विषय उठाउनु पनि भएन्, यो वर्ष मन्त्रीहरुले पनि भत्ता लिनुभएन् ।’

सरकारको निर्णयका आधारमा सांसदले दसँै भत्ता पाउने बताउँदै उनले प्रदेश सरकार गठन भएयता प्रदेसशभा सदस्यहरुले दसैँ भत्ता नलिएको बताए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।