धनगढी, ३ असोज । सुदूरपश्चिम प्रदेशका बिभिन्न जिल्लामा संक्रिय संक्रमितको संख्या १ हजार २ सय ४४ पुगेको छ ।



प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार सबैभन्दा धेरै कैलालीमा ५ सय ३१, डोटीमा १ सय ४ , कञ्चनपुरमा १ सय २९, बझाङमा १ सय ४६, अछाममा ८१, बैतडीमा ५७, डडेल्धुरामा ५५, दार्चुलामा १ सय ३० जना र बाजुरा ६ जनामा कोरोनाका संक्रिय संक्रमित रहेका छन । सुदूरपश्चिमबाट हाल सम्म ७ हजार ३ सय ७९ जना डिस्चार्ज भएका छन ।
आईतबार कैलालीबाट १ सय ५३, टिकापुरबाट ९ जना, कन्चनपुरबाट ७ जना, सेति प्रादेसिक अस्पतालबाट ३ जना, महाकाली अस्पतालबाट १ गरी १ सय ७३ जना डिस्चार्ज भएका छन । सुदूरपश्चिममा २ हजार ४ सय ८४ जनाको स्वावको रिर्पोट आउन बाकी रहेको सामाजीक बिकाश मन्त्रालयले जनाएको छ ।
प्रदेशमा हाल सम्म संक्रमीतको संख्या ८ हजार ६ सय ४२ पुगेको छ भने २० जनाको कोरोनाको कारण मृत्यु भइसकेको छ ।

























