पैतिस लाख व्यक्तिगत लगानिमा डडेल्धुरा (गन्यापधुरा ) का युवाहरुले कृषि कार्य सुरुवात गरेका छन् ।
दिपकराज भट्ट / डडेल्धुरा – गाउँपालिका ४ रमाइलमा परि भट्टको दुई सय रोपनी जमिन छ। त्यो जमिन ५० वर्षदेखि खेतीपाती नगरेर बाजिएकाे ( झाडिमा परिणयत ) थिउाे झाडी र घारी बनिसकेको थियो।
कोरोना महामारिले गर्दा बिदेशमा र स्वदेशै अाफ्नाे गाउँ बाट टाडा रहेका लाई गाउँमै ल्यायाे यस्तै भट्ट परिवारका जुझारु युवालाई भारत र देशकै विभिन्न ठाउँबाट जन्मथलाे मै फर्कायो ।

उनी जन्मथलाे फर्किएन्न मात्र उनलाई काेराेनाले पाठ समेत सिकायाे । बर्साै बाझाे रहेकाे पाखो जमिन खनेर उद्यममा बदल्न प्रेरित गर्याे ।
उनकाे परिवारका १० जना मिलेर उक्त जग्गामा व्यावसायिक खेती सुरु गरेका छन्। तीमध्ये देवराज भट्ट भारतको बरेलीमा स्टार तहको होटलमा कुक थिए। सोही परिवारका जयराज पनि १० वर्षदेखि भारत मुम्बईको एक होटलमा काम गर्थे। कोभिडका कारण घर आएका उनीहरू अब भारत नफर्किने अठोटमा पुगेका छन्।
अहिले निकै सगन्धित भएकाे याे जमिन यस अघि ‘आठ भाइ बाजेले त्यो जमिनलाई भैंसीगोठ बनाएका थिए।

“पहिले बाजेकाे पालामा याे ठाउमा मकै, तम्बाकु लगाउने गरिन्थ्यो तर बुबाका पालामा त्यो जमिन पूरै बाँझो भयो। अहिले हामीले त्यस जमिनमा फेरि भविष्य खोजेका छौं’, देवराजले भने।” याे जमिनमा अहिले पहिलाे लाैटमा उनीहरूले आलु र लसुन लगाइसकेका छन्।
याे कृषि फार्ममा गन्यापधुरा ४ का वडाअध्यक्ष चेतराज भट्ट पनि साझेदार बनेका छन् ।
अर्का साझेदार जयराज भट्टले भने ‘बाहिर देश भएकाहरू त फर्केनन्। हामी भारत र नेपालमा कोरोनाका कारण प्रभावित भएकाहरूले कृषि र पशुपालनमै सम्भावना देख्यौं। त्यसमै लागेका हौं।’ यश ठाउँमा घंगारु, सल्ला र अन्य काँडाको झाडी भइसकेको थियो।
त्यसमा झण्डै सय जनाले २२ दिनभन्दा बढी फाँड्ने, खन्ने र घेराबारको काम गरेका छन्।
‘२२ सय दिनको मजदुरी पाउने गरी गाउँका मान्छेले काम पाएका छन्। उचाइमा भएकाले कृषि पर्यटनको पनि सम्भावना देख्यौं। त्यही भएर १० भाइ छोराले कृषि फार्म सुरु गरेका हौं’ ।
यसका लागि उनीहरू १० जनाका नाममा शिखर तरकारी तथा पशुपक्षी बहुउद्देश्यीय कृषि फार्म दर्ता गराएका छन्। त्यसमा परिवारका दुई महिला पनि सदस्य छन्। फार्ममा उनीहरूले ३५ लाख लगानी गरिसकेका छन्। ‘गन्यापधुरा गाउँपालिकाले ५० प्रतिशत अनुदानमा आलुको बिउ दिएको छ’, वडाध्यक्ष भट्टले भने, ‘५० क्विन्टल आलु लगाइसकेका छौं, उम्रिन थालेको छ।’

उनीहरूलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले ५० प्रतिशत अनुदानमा कृषि उपकरण दिने प्रतिबद्धता जनाएको छ। बल्लतल्ल हाते ट्र्याक्टर पुगाएका छौं’, फार्मका साझेदार धर्मराज भट्टले भने। धर्मराजले भैरहवाको टपटाइइगर क्यासिनोमा काम गर्दै आएका थिए। भैरहवाको क्यासिनोमा राम्रै आम्दानी गरिरहेका उनी जेठमा मात्रै घर फर्किएका हुन्। भन्छन्, ‘बाहिरको नोकरीको भरोसा छैन, अब आफ्नै गाउँ–ठाउँमा स्वरोजगार गर्नुपर्छ भन्ने लागेको छ।’
उनीहरूले, पाखो जमिन खनेर लसुन पनि लगाएका छन्। अहिले बजारमा लसुन किलोको २ सयदेखि तीन सय रुपैयाँ पर्छ। प्याजको पनि अहिले किलोको १ सय ५० छ। ‘लसुन र प्याजमा हामी शतप्रतिशत परनिर्भर छौं। त्यसैले पहिलो चरणमा लसुन लगाएका छौं। त्यसपछि प्याजमा पनि लगानी गर्ने चाहना छ’, फार्मका अर्का साझेदार हरिलाल भट्टले भने। त्यही कृषि फार्ममा, भारतको पञ्जावको एक कम्पनीमा कार्यरत ईश्वर देव भट्ट पनि बाँझो जमिनमा फरुवा चलाइरहेका छन्।
अहिले याे जमिनमा पचास क्विन्टल आलु र ५ क्विन्टल लसुन लगाइसकेका उनीहरू भैंसी पालनका लागि पनि हौसिएका छन्। ‘२० वटा भैंसीका लागि गोठ र बाख्रापालन गरेर मासु पनि उत्पादन गर्ने योजना छ’, भारतको पञ्जावबाट फर्केका खेमराज भट्टले भने। उनी पनि यस फार्मका साझेदार हुन्।

गन्यापधुराका भट्ट बन्धुहरूजस्तै गाउँमा सयौं युवा कोरोनाका कारण घर फर्केका छन्। लकडाउनका बेला मात्रै, डडेल्धुरामा करिब ५ हजार युवा भारतबाट घर फर्किएका छन्। उनीहरू सबै रोजगार गुमाएर फर्किएका हुन्।
बिदेशमा चर्काे घाममा अाफ्नाे श्रम बेच्नु भन्दा गाउँमै पसिना बगाई स्वरोजगार पनि भइने र घर परिवारसँग बसेर आय आर्जनमा लागे राम्रो हुने र यस्ता युवाहरु लाई गाउँपालिकाले सक्दाे सहयाेग गर्ने गन्यापधुरा गाउँपालिका अध्यक्ष नवलबहादुर मल्लले बताउनु भएकाे छ ।
Views: 172




























