काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको सम्पूर्ण ध्यान मुलुकको बिकासमा केन्द्रित रहेको बताएका छन ।



आज झापाको दमक नगरपालिकामा दमक अस्पताल भवनको भर्चुअल माध्यमबाट शिल्यान्याश गर्दै प्रधानमन्त्री ओलीले कोरोनाका कारण विकास प्रयासमा केही व्यवधान खडा भएपनि पूर्वाधार निर्माण सरकारको प्राथमिकतामा रहेको बताए ।
उहाँले नयाँ रेल ल्याइसकेको, पूर्वपश्चिम रेलको तयारी भएको, तुइन विस्थापन लगायतका काम भएको दावी गरे । सरकारले कुरामात्र नगरेको र काम पनि गरेको भन्दै प्रधानमन्त्री ओलीले राम्रा कामबाट आत्तिएकाहरुले नकारात्मक अफवाह फैलाउने गरेको बताए ।
यस्तै प्रधानमन्त्री ओलीले कोरोना संक्रमण फैलिने दर रोक्न र यसलाई निर्मूल गर्न सरकार लागिपरेको समेत बताए ।
Views: 158

























