काठमाडौं, २ कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षण गर्ने प्रयोगशालाहरुलाइ दशैँको तीन दिन बाहेक अन्य दिनहरुमा नियमित सेवा सञ्चालन गर्न निर्देशन दिएको छ ।



नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दशैको नवमी, दशमी र एकादशीबाहेका अन्य दिन प्रयोगशालाहरुले नियमित कोरोना परीक्षण गर्नका लागि अनुरोध गरेका हुन् ।
साथै तीन दिनमा पनि परीक्षणको चाप भएमा भने परीक्षणलाई नियमित गर्ने व्यवस्था मिलाउने उनले बताए ।
Views: 125

























