सुदूरपश्चिम प्रदेशका बिभिन्न जिल्लामा संक्रिय संक्रमितको संख्या १ हजार २ सय ९२ पुगेको छ ।



प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार सबैभन्दा धेरै कैलालीमा ६ सय ६९, डोटीमा ९७, कञ्चनपुरमा १ सय २६, बझाङमा १ सय ४५, अछाममा ८१, बैतडीमा ५४, डडेल्धुरामा ४१, दार्चुलामा १ सय २९ जना र बाजुरा ६ जनामा कोरोनाका संक्रिय संक्रमित रहेका छन । सुदूरपश्चिमबाट हाल सम्म ७ हजार २ सय ६ जना डिस्चार्ज भएका छन ।
शुक्रबार कन्चनपुरबाट २ जना, डोटी १ बैतडीबाट २ र सेति प्रादेसिक अस्पतालबाट १ जना गरी ६ जना डिस्चार्ज भएका छन । सुदूरपश्चिममा २ हजार ४ सय ९३ जनाको स्वावको रिर्पोट आउन बाकी रहेको सामाजीक बिकाश मन्त्रालयले जनाएको छ ।
प्रदेशमा हाल सम्म संक्रमीतको संख्या ८ हजार ५ सय ८८ पुगेको छ भने १९ जनाको कोरोनाको कारण मृत्यु भइसकेको छ ।
Views: 127

























