सुदूरपश्चिम प्रदेशका थप ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका ३ वटा प्रयोगशालामा गरीएको कोरोना परीक्षणमा ७७ जनामा संक्रमण पुष्टि भएको हो ।



सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घन्टामा ६ सय ३४ जनाको कोरोना परीक्षण गरिएकोमा कैलालीका ४८ सहित थप ५८ जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीका ४८ र कञ्चनपुरका ८, डडेल्धुराका १ र डोटीका १ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
कैलालीको धनगढी उपमहानगरपालिकाका मात्र ३६ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताउनु भयो ।
धनगढीको वडा नम्बर १ का १६ जना, वडा नम्बर ४ र ५ का ४÷४ जना, वडा नम्बर ८ का ३ जना, त्यसैगरी वडा नम्बर २ र ३ का २÷२ जनामा संक्रमण पुष्टि भएको उहाले जानकारी दिनुभयो । यस्तै वडा नम्बर ६, ७, १२, १४ र १८ का एक÷एक जनामा पनि संक्रमण पुष्टि भएको उहाले बताउनु भयो ।
यस्तै कैलालीकै गोदावरी नगरपालिकाका ७ जना, कैलारी गाउँपालिका–८ का २ जना, यस्तै लम्किचुहा नगरपालिका–१, गौरीगंगा नगरपालिका र ठेगाना नखुलेका एक÷एक जनामा जनामा संक्रमण पुष्टि भएको छ ।
उता कञ्चनपुरको पुनर्वास नगरपालिकाका ४ जना, भीमदत्त नगरपालिकाका २ जना र शुक्लाफाटा नगरपालिका–१० र बैलौरी नगरपालिकाका एक÷एक जनामा संक्रमण देखिएका अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताउनु भयो ।
त्यसैगरी डडेलधुराको आलिताल गाउँपालिका–८ का १ जना, डोटीको जोरायल गाउँपालिकाका १ जनामा पनि संक्रमण देखिएको सेती अस्पतालले जनाएको छ । उता डडेल्धुरा अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा १ सय २८ जनाको परीक्षण गर्दा १४ जनामा कोरोना पुष्टि भएको प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भुसालले जानकारी दिनु भयो ।
उहाका अनुसार डडेल्धुराको नवदुर्गा गाउँपालिका वडा नम्बर २ का ३ जना, परशुराम नगरपालिका वडा नम्बर १२ का २ जना, आलिताल गाउँपालिका वडा नम्बर ४ का १ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै बैतडीको पाटन नगरपालिकाका ४ जना, दार्चुलाको मार्मा गाउँपालिकाका ३ जना र बैतडीको पञ्चेश्वरका १ जनामा पनि संक्रमण पुष्टि भएको प्रयोगशाला इन्चार्ज भुसालले जानकारी दिनु भयो । बैतडी अस्पतालको प्रयोगशाला र कमलबजार प्रयोगशालमा भएको परीक्षणमा ३ ÷ ३ जनामा कोरोना पुष्टि भएको छ ।
योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ८ हजार ५ सय ८८ पुगेको छ । संक्रमण पुष्टि भएका ७ हजार २ सय बढीले कोरोना जितेका छन भने १९ जना संक्रमितको मृत्यु भएको छ ।

























