२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

नेविसंघ क्षेत्र नं ४ द्धारा गोदावरी नगरपालिका भित्र घरदैलो अभियानको सुरुवात

अत्तरिया – नेपाल काग्रेसको भातृ संगठन नेपाल बिधार्थी संघ क्षेत्र नं ४ ले गोदावरी नगरपालिका भित्र घर दैलो अभियानको सुरुवात गरेको छ । अत्तरियामा आज पत्रकार सम्मेलनको आयोजना गर्दै समस्या , उपाय र समाधान , नेबिसघंको घरदैलो अभियानको सुरुवात गरिएको हो ।

उक्त अभियान उध्ेश्य भनेको गोदावरी नगरपालिका भित्रका १२ ओटै वडाका २७ हजार घरदुरी अन्तर्गत न्युन आयस्तर भएका , बिपन्न र गरिबको रेखामुनी रहेकाहरुको घर घरमा पुगेर उनीहरुका समस्या पहिचान गर्दै समाधानको उपाय सहित सम्बन्धित निकायको ध्यानाकर्षण गराउने रहेको अभियानका संयोजक नेविसंघका नेता पदमराज ओझाले जानकारी दिए ।

उनले कोरोना कारण अहिले धेरै बिधार्थीहरुको आधा पढाई प्रभावित भएकाले उनीहरुलाई कसरी गाउँघरमै बैकल्पिक शिक्षा दिन सकिन्छ भन्ने बारे पनि अभियानमा अध्ययन गरिने बताए । यसका साथै गाउँघरमा पुग्दा कोरोना कहरले गर्दा निकै समस्यामा परेका दैनिक ज्यालामजदुरी गरेर खाने बर्गलाई नेविसंघका तर्फवाट गर्न सकिने सहयोग पनि गरिने बताए ।

वडा वडामा रहेका बिपन्न , असहाय र गरिब परिवर र पढ्ने बिधार्थीहरुको अबस्थाका बारेमा अन्तिममा एउटा प्रतिबेशदन तयार पारेरे नगरपालिका , जिल्ला प्रशासन लगाएतका सम्बन्धित निकायमा बुझाइने नेविसंघका क्षेत्रिय सभापति गणेश शाहले बताए ।

पत्रकार सम्मेलनमा नेपाली काग्रेश गोदावरी नगर कमिटिका सभापति हेमप्रकाश उप्रेती , काग्रेसवाट निर्वाचित वडा नं २ का सदस्य कमल कडायत , तरुण दल गोदावरी नगरकमिटिका सभापति शंकर खड्का लगाएत नेविसंघका नेता तथा कार्यकर्ताको उपश्तिथी रहेको थियो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।