२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

तीन दिनको निगरानीपछि १९ करोड रुपैयाँ बराबरको सुन बरामद

पर्सा, १ कात्तिक । प्रहरीले शनिबार वीरगन्ज महानगरपालिका -५ रेशमकोठीस्थित एक एपार्टमेन्टबाट २३ किलो २५७ ग्राम सुन र दुई किलो २६२ ग्राम चाँदी बरामद गरेको छ। 

विशेष सूचनाका आधारमा श्रीगणेश एपार्टमेन्टको तेस्रो तलाको ३०३ नम्बरको फ्ल्याटबाट उक्त परिमाणको सुनचाँदी बरामद गरिएको पर्सा प्रहरीले जनाएको छ। 

उक्त फ्ल्याटमा भारत पूर्वी चम्पारण हरैया निवासी अशोक सिन्हा बस्दै आएका थिए। उनी के काम गर्थे भन्ने बारे प्रहरीले केही बताएको छैन। प्रहरीले सुन कसको हो भन्ने पनि पहिचान गर्न सकेको छैन।

अपार्टमेन्टमा बिहीबारदेखि नै निगरानी बढाइएको पर्साका प्रहरी उपरीक्षक गंगा पन्तले बताइन्।  प्रहरीले अवैध रुपमा सुनचाँदी कारोबार गर्ने गरेको सूचनाका आधारमा निरन्तर निगरानी गरिरहेको थियो। 

सोही क्रममा जनप्रतिनिधिको रोहबरमा शनिबार छापा मारी सुनचाँदी बरामद गरिएको हो। पन्तले भनिन्, तीन दिन बितिसक्दा पनि ती व्यक्ति आफ्नो फ्ल्याटमा नआएपछि छापा मारेका हौं। 

कोठाभित्र खानतलासी गर्दा एक केजी दरका १३ वटा सुनका बिस्कुट, मझौला खालका ४६ टुक्रा सुन आठ केजी ५७६ ग्राम, १०० ग्रामको साना बिस्कुट एक केजी र विभिन्न गरगहना ६८१ ग्राम बरामद गरिएको पन्तले बताइन्। 

यस्तै कोठाबाट प्रहरीले विभिन्न गरगहना, थाललगायतका भाँडा गरी दुई केजी २६२ ग्राम चाँदी बरामद गरेको छ।

सुनचाँदी व्यवसायी संघका अध्यक्ष निरज सरार्फले आजको मूल्यअनुसार बरामद सुनको नेपाली मूल्य १८ करोड ९२ लाख १८ हजार ९५२ रुपैयाँ र चाँदीको मूल्य दुई लाख ३० हजार ९२७ रुपैयाँ पर्ने बताए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।