दिपकराज भट्ट / डडेल्धुरा – सुदुर पश्चिम काे केन्द्र विन्दुमा रहेकाे पहाडकि रानिका नामले परिचित डडेल्धुरा जिल्ला निकै सम्भावना बाेकेकाे सुन्दर नगरका रूपमा परिचित छ।
यहि नगरपालिका भएर जाने सदरमुकाममा पर्ने मुख्य सडक महाकाली राजमार्ग अन्तर्गतको बागबजार-कीर्तिपुर सडक स्तरोन्नतिका लागि पटक पटक गरिएका टेण्डर स्थानिय घरधनिहरुले अदालतमा दायर गरेकाे मुद्दाकाे कारण रद्द गरिए पछि यस तर्फ डडेल्धुराका सबै राजनीतिक दलले सरोकारवाला निकायसँग सहयोग मागेका छन् । बागबजार-कीर्तिपुर सडकमा सवारि साधनकाे चाप बढेपछि सडक बिस्तारका लागि डडेल्धुराका राजनीतिक दलले साझा प्रतिबद्वता सहित सहयाेगको माग राखेका छन् ।
प्राय अस्तव्यस्त रहने सडकमा दिनहु गाडिहरुकाे जाम लागि रहन्छ , हिडडुल गर्नुका लागि स्थानिय लाई असहज भईरहन्छ । डडेल्धुरा सदरमुकाममा रहेकाे यस सडक खण्डमा जिल्लाकै ठुलाे बजार क्षेत्र पनि रहेकाे छ ।
सामान किनबेचका लागि र अन्य सरकारि कामकाजका लागि र यस सडक भएर बैतडी , बझाङ ,दार्चुला दिनहु सयाैकाे संख्यामा मालबाहक र यात्रुबाहक गाडि गुडिरहन्छन् जसले गर्दा चाप बढेकाे र यस समस्या लाई हटाउनुका लागि सडक व्यवस्थित गर्न कुलपाते डिभिजन कार्यालय मार्फत २ पटक टेण्डर आह्वान भई रद्ध भएको छ ।
पटक पटक सराेकारवाला संग छलफल गर्दै आएकाे अमरगढी नगरपालिकाले साे बागबजार -कीर्तिपुर सडक विस्तारका लागि छुट्टा छुट्टै दुई वटा वैठक सम्पन्न गरेकाे छ।
पहिलाे चरणमा सुदुरपश्चिम प्रदेशका भाैतिक पुर्वाधार विकास मन्त्री मा. पठान सिंह बाेहरा, राष्टिय सभाका सांसद चक्र स्नेहि, सामाजिक विकास समितिका सभापति प्रदेश सांसद मा कुन्ति जाेशि, प्रदेस सभा सांसद मा. कर्ण मल्ल र सङ्घर्ष समितिका विच भएकाे वैठकमा भाैतिक पुर्वाधार विकास मन्त्री पठान सिह वाेहराले मु आव्जाका लागि आफुले पहल गर्ने र सबै याे जिल्लाका माननीय हरु समेटेर अमरगढी नगर प्रमुखकाे समन्वयमा डेलिगेसन लैजाने प्रतिबद्दता गरे पछि सकारात्मक वातावरण वनेकाे थियाे ।
त्यस्काे तगत्तै अमरगढी नगरपालिका का नगर प्रमुख विश्वेश्वरप्रसाद ओझाकाे अध्यक्षतामा जनप्रतिनिधि सवै राजनितिक दलका प्रमुख हरु र माननीय साँसदहरु सम्मिलित सर्वदलीय बैठक सम्पन्न गरेकाे थियाे , बैठकमा सडक विस्तारका क्रममा पेचिलो बनेको मुआब्जा विषयलाई सर्वदलीय सहमतिमा टुंगिईने जानकारी दिइएको थियो ।
सडक क्षेत्रको १५/१५ मिटर दाँया-बाँया स्तरोन्नति गरी आवतजावतलाई सहज बनाउन सबै पक्ष एकमत भएका छन् । यस्तै नेपाल कम्युनिस्ट पार्टी ( ने क पा ) डडेल्धुराले पनि सडक स्तराेउन्निका लागि दुई पटक गरिएकाे ठेक्का रद्व भएकाे र सडक स्तराेउन्तिका लागि पहल चाल्ने प्रेस विज्ञप्ति मार्फत जाेडदार माग राखेकाे छ ।
उक्त वैठकमा नगर प्रमुख ओझाले सवैकाे साथ लिएर अमरगढी अगाडि बढ्न प्रतिबद्व रहेकाले १५ मिटर दायाँ १५ बायाँ सडक विस्तारका लागि सहयाेग गरिदिनु गरेकाे आग्रह लाई सवैले सकारात्मक रुपमा लिएकाे नेकपाका अध्यक्ष मान सिंह मालले जानकारि दिनुभयाे। यस्तै डडेल्धुरा काङ्ग्रेसले पनि सडक स्तराेउन्नतिका लागि पहल चाल्ने कदम चालेकाे छ ।
काङ्ग्रेस डडेल्धुराले बैठक गरेर डडेल्धुरामा सडक अव्यवस्थित हुदा स्थानिय नागरिक लाई निकै सास्ती भएकाले साे समस्या लाई कम गर्नुका लागि पहल कदमि चाल्ने एकिबद्वता जनाएकाे छ ।
याे सडक विस्तार संगै डडेल्धुरा काे विकासकाे ढाेका खुल्ने अनुमान गरिएकाे छ। पछिल्लाे समय अमरगढी नगर पालिकामा विकास निर्माणले गति लिदै गएकाे छ।
Views: 137




























