धनगढी । कञ्चनपुरमा लागु औषध खैरो हिरोइन जस्तै देखिने पदार्थसहित चार जना पक्राउ परेका छन्।



लागु औषध ब्युरो महेन्द्रनगर र इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीको संयुक्त टोलीले ४४ ग्राम खैरो हिरोइन जस्तै देखिने पदार्थ सहित चार जनालाई पक्राउ गरेको कञ्चनपुर प्रहरीले जनाएको छ।
पुर्नवास नगरपालिका क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापालेजानकारी दिए।
पक्राउ पर्नेमा पुर्नवास नगरपालिका वडा नम्बर ४ घ गाउँका २८ वर्षीय दिनेश भट्ट, बेलौरी नगरपालिका १ का २८ कै रमेश साउद, सोही ठाउँका २८ वर्षकै गगन शाही र २७ वर्षीय रोशन शाही रहेको प्रहरी नायब उपरिक्षक थापाले बताए।
चारैजनालाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Views: 154

























