२०८३ जेष्ठ ८ शुक्रबार
२०८३ जेष्ठ ८ शुक्रबार

डडेलधुरा को आलिताल गाउँ पालिकाद्धारा बजार अनुगमन

“उपाध्यक्ष भन्छिन अनुगमन लाई अझै तिब्रता दिन्छौ । “
मनोज रावत/ अालिताल – आलिताल गाउँ पालिकाद्धारा स्थानीय बजार अनुगमन गरिएको छ। गाउँ पालिका उपाध्यक्ष तथा उपभोक्ता हित संरक्षण समिति का संयोजक जला बिष्ट बोगटीको संयोजकत्वमा खटिएको अनुगमन टोली ले पालिकाका मुख्य बजार छेत्र मानिने मदन नगर र घुम्ति बजारका पसलहरुमा शुक्रबार अनुगमन गरेएको हो ।

No description available.
नेपालि हरुको महान चाड दशैं तिहार नजिकिँदै गर्दा गरिएको बजार अनुगमन ले यस छेत्र मा हुने कालोबजारी,कर छलि , अबैध मधिरा बिक्री वितरण मा नियन्त्रण गर्न केहि हद सम्म सहयोग पुगेको उपभोक्ता हित संरक्षण समिति का संयोजक जला बिष्ट बोगटीको दाबि छ । उनले भने ” अनुगमनका क्रममा प्रायः जसो पसलहरुमा दैनिक उपभोग्य सामग्रीमा केहि महंगो र पसल अनुसार फरक मुल्य निर्धारण गरिएको देखिएकाले यथासिघ्र एउटै मुल्य निर्धारण गरि ब्यबसायिहरुलाई मुल्य सुचि राख्न समेत सुझाव दिइएको बताए ।
आउदै गरेको दसै तिहार लाई मध्य नजर गर्दै दैनिक उपभोग्य सामग्री हरु मा उपभोक्ता लाई सक्दो सहुलियत गरिदिनहुन पनि स्थानीय ब्यपारिहरुलाई जोरदार अनुरोध गरिएको उनले जानकारी दिएकाछन ।

No description available.
यता गाउँ पालिका ले गरेको गरेको अनुगमनलाई लिएर उपभोक्ता ले भने बर्ष मा एक दुई पटक गरिने अनुगमन ले उपभोक्ता लाई तेति राहत नमिलेको गुनासो आईरहदाको गगाउँपालिका उपाध्यक्ष तथा उपभोक्ता हित संरक्षण समिति का संयोजक जला बिष्ट बोगटीलाई सोधेको प्रश्नमा मा उनले भने “गत वर्ष मा पनि अनुगमन गरिएको थियो र यस बर्ष भने काेराेना का कारण अनुगमन मा डिलाई भए पनि आगामी दिनमा भने उपभोक्ताले दिएको सुझाव र स्वास्थ्य लाई मध्यनजर गर्दै आगामि दिनहरुमा अझै तिब्रता का साथ अनुगमन गरिने पनि पनि प्रतिबद्धता जनाएका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।