२०८३ बैशाख ६ आईतवार
२०८३ बैशाख ६ आईतवार

बझाङमा जीप दुर्घटना हुँदा ४ जना घाइते

बझाङ, ३० असोज । बझाङमा जीप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । जिल्ला सदरमुकाम चैनपुरबाट तल्कोट गाउँपालिकाका लागि हिडेको जीप जयपृथ्वी नगरपालिका–११ भोपुर आर्मी व्यारेक नजिक दुर्घटना हुँदा ४ जना घाइते भएका हुन। घाइते मध्ये एकजनाको अवस्था गम्भीर छ ।

टाउको र शरीरमा चोट लागेर गम्भीर बनेका जयपृथ्वी नगरपालिका–११ का २१ वर्षीय अग्निराज जोशीलाई जहाजमार्फत उपचारका लागि धनगढी लगिएको छ। भने, अन्य सामान्य घाइतेको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ।

अन्य घाइते हुनेमा मष्टा ४ का ४२ वर्षीय सवारी धनी शेरबहादुर थापा, सुर्मा घर भएका २३ वर्षीय सवारी चालक सुयोग बोहरा र जयपृथ्वी नपा ११ का २० वर्षीय भरत जोशी रहेका छन्। उनीहरू ३ जनाको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।