२०८३ बैशाख ६ आईतवार
२०८३ बैशाख ६ आईतवार

कोरोना संक्रमण बढेपछि दार्चुला सदरमुकाममा निषेधाज्ञा

दार्चुला । जिल्ला सदरमुकाम खलंगामा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ । महाकाली नगरपालिका ४ र ५ मा कन्ट्याक्ट ट्रेसिङ गरिएका ३९ जनामा कोरोना संक्रमण पुष्टि भएपछि प्रशासनले निषेधाज्ञा लगाएको हो । 

महाकाली नगरपालिकाका ४ र ५ मा संक्रमित बढ्दै गएकोले संक्रमणको जोखिम समुदायमा थप फैलिन नदिन जिल्ला प्रशासन कार्यालय दार्चुलाले महाकाली नगरपालिका ४ को सम्पूर्ण क्षेत्र र वडा नं. ५ को गल्फै, ऐरान, तल्लासैन र मोहती क्षेत्रमा निषेधाज्ञा जारी गरेको जनाएको छ ।

बिहीबार रातिदेखि अर्को सूचना जारी नहुँदासम्मका लागि निषेधाज्ञा लागू गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी ज्वोत्स्ना भट्ट जोशीले बताइन् । यो अवधिमा आवतजावतमा पनि पूर्ण रोक लगाइएको छ ।

निषेधाज्ञा अवधिभर अस्पताल, औषधि पसललगायत अन्य स्वास्थ्यसम्बन्धी निकाय र सुरक्षा निकायबाहेक अन्य कार्यालयहरुबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु कात्तिक २ गतेदेखि बन्द गरिने बताइएको छ ।

बिहीबार कोरोना पुष्टि भएकामध्ये १४ जना सशस्त्र प्रहरी ४४ नम्बर गण हेडक्वाटर दार्चुलाका सुरक्षाकर्मी, दुई जना जिल्ला कारागार दार्चुलाका कैदीहरु, तीन जना रेडक्रस दार्चुलाका र बाँकी मोहतीका स्थानीय रहेका छन् ।

No description available.

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।