२०८३ जेष्ठ १२ मंगलवार
२०८३ जेष्ठ १२ मंगलवार

महेन्द्रनगरमा प्याजमा समेत कालाेबजारि बढ्याे

कोरोना कहरकै मौका छोपी महेन्द्रनगरका केही तरकारी व्यवसायीले प्याजको चर्को मुल्य मात्र नभई नाङगो कालोबजारी गरिरहेका छन् । कृत्रिम अभाव सृर्जना गरि प्याज नभएको भन्दै उनीहरुले गोदाममा थन्क्याएर राखेको प्याज राती राती एक एक बोरा ल्याएर मात्रै बेचिरहेका छन् ।
तरकारी बिक्रि गर्ने व्यवसायीले महेन्द्रनगरका केही व्यवसायीलाई नै छलीरहेका छन् । प्याज अभाव देखाएर उपभोक्ताबाट चर्को रकम अशुलीरहेका छन् । दिउँसो प्याज छैन भन्ने राती राती प्याज बिक्रि गरिरहेको उपभोक्ताले गुनासो गरेका छन् ।

महेन्द्रनगरका होटल व्यवसायी मदन नाथले दिउँसो प्याज खरिदका लागि स्टापलाई गल्ली नम्बर ४ मा रहेको एक व्यवसायी कहाँ पठाएको बताए । ‘दिउँसो प्याज छैन भनेर हाम्रा स्टापलाई फिर्ता पठाईयो, रातीराती एक गोदामबाट प्याज बोकेर पसलमा राखिरहेका छन् ।

’ प्याज सहितको तरकारीमा कालो बजारी गर्ने व्यवसायीले पसलमा बोर्ड नाम समेत नराखेर कालो धन्दा चलाएपनि प्रहरीले उनीहरुलाई संरक्षण गरेको उपभोक्ताको गुनासो छ । तरकारी व्यवसायका नाममा तस्करी, गलत, ठगिधन्दा गर्ने भएकाले उनीहरुले साईनबोर्ड समेत नराखेर कारोबार गरिरहेका छन् । बढिमा ३०रुपैया किलो पाईने प्याज २सयसम्म रकम अशुलीरहेका छन् ।

सबै गोदाममा प्याज राखेर दशैँको मुखमा कृत्रिम अभाव गरेर अकुत सम्पत्ती कमाउने दाउमा रहेका धन्दावाला व्यवसायीलाई कार्बाहीको माग अघि सारिएको छ । तरकारी बिक्रेता व्यवसायीले भने सबैलाई प्याज दिईरहेको कालोबजारी नगरेको दावि गरेपनि उनीहरुले प्याजमा मात्र नभई तरकारीको मुल्य समेत मनपरी बृद्धि गर्दै आएका छन् । कञ्चपुर मण्डी व्यवसायी संघका अध्यक्ष विशाल सोनारले कालोबजारी गर्ने जुनसुकै व्यवसायीलाई पनि कार्बाही गर्नुपर्ने बताए ।

‘इमान्दारितापुर्वक काम गर्ने व्यवसायीको हकहितका लागि पहल गछौँ, ‘उनले भने, ‘गलत र गैर कानुनी काम गर्ने व्यवसायीलाई कार्बाही गरेहुन्छ ।’ अनुगमनको जिम्मेबारी पाएका सम्बन्धीत निकायको उदाशिनताका कारण बजारमा कालोबजारी बढेको बताए ।

तिहारका बेला मात्रै अनुगमन गर्ने परम्परा तोडेर जुनसुकै समयमा समेत अनुगमन गर्नुपर्ने उनको तर्क छ । स्थानीय सरकार भीमदत्त नगरपालिकाले कालोबजारी गर्नेमाथि कार्बाही गरिने जनाउँदै संयुक्त बजार अनुगमन गरिने जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।