अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नं २ तेघरीमा यही कात्तिक ४ गतेदेखी खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ । आयोजक राजधानी टोल सुधार समितिले आज पत्रकार सम्मेलनको आयोजना गर्दै दशैतिहारलाई मध्यनजर गर्दै कात्तिक ४ गते देखी ८ गते सम्म खुल्ला भलिबल प्रतियोगिता हुन लागेको जानकारी दिएको हो ।



प्रतियोगितामा कैलाली सहित देशभरभरिका टिमहरुले सहभागिता जनाउन सकिने आयोजक राजधानी टोल सुधार समितिका अध्यक्ष सुधिर बलायरले जानकारी दिए ।
न्युनतम १५ वटा सम्मका टिमहरु सहभागी गराइने उक्त प्रतियोगितामा प्रथम हुने टिमलाई नगद २१ हजार सहित ट्रफि , मेडल र प्रमाण पत्र र दृतिय हुने टिमलाई ११ हजार नगद सहित ट्रफि , मेडल र प्रमाण पत्र प्रदान गरिने उनले बताए । यस्तै बेष्ट प्लेयरहरुलाइै पनि पुरस्कार प्रदान गरिने छ ।
नकाउट चरणमा खेलाइने खेलमा सहभागिता जनाउन चाहानेहरुले कात्तिक २ गते भित्र टिम दर्ता गराइसक्नुपर्ने छ । टिम दर्ता शुल्क २१ सय रुपैया तोकिएको अध्यक्ष बलायर बताए ।
उनले कोरोना कहरका कारण लामो समय देखी घरमै थन्किएर बसेका खेलाडीलाई खेलकुदका माध्यामवाट शारिरिक अभ्यास संगै मनोरञ्जन प्रदान गर्न सकिने उध्ेश्यका साथ प्रतियोगिताको आयोजना गरिएको बताए । प्रतियोगिता संचालनका लागि वडा नम्बर २ को कार्यालय र काफला सैनिक कन्ट्रक्सन प्रा।लीले आर्थिक सहयोग गरेका छन् ।

























