डडेल्धुरा – भागेश्वर गाउँपालिका/ग्रामिण जलश्रोत व्यवस्थापन परियोजना डडेल्धुरा विश्व हात धुने दिवश भव्यताका साथ मनाएकाे छ ।
आफ्ना हातहरु सफा राख्नु स्वास्थको हिसाबले एउटा महत्वपूर्ण कदम हो । सफा हातले रोगहरु संक्रमण र किटाणुहरुबाट समेत हामीलाई पर राख्दछ भन्ने सन्देश का साथ सामाजिक दुरि कायम गरेर हात धुने बिभि प्रदर्शन गरेकाे थियाे ।
विश्वभरि नै हात सफा नभएका कारणले नै बिभिन्न रोग अनि संक्रमणहरुका कारण लाखौंले मृत्यू भोगीसकेको तथ्याङ्कले देखाउछ ।
स्मरण रहोस अहिले पनि प्रतिवर्ष विश्वभरि करिब १ करोड ८० लाख बालबालिकाको मृत्यु गराउने एक मुख्य कारण झाडापखाला पनि हो ।
सुन्दा अचम्म लाग्न सक्दछ हात धुने चलन र ब्यवहार मात्र पनि नियमित र प्रभावकारी गर्न सके करौडोंको संख्यामा जीवन बचाउन सकिने अवस्था छ ग्रामीण जलस्रोत व्यवस्थापन परियाेजना भागेश्वरका प्रमुख देवराज भण्डारीले बताउनु भयाे ।
खाना खानु अघि, खाएपछि, शौचालय प्रयोग पछि र अन्य आवश्यक अवस्थामा हात धुने बानी बच्चैदेखि बसाल्न जरुरी छ । यसरी हात धुँदा साबुन पानी ले मज्जाले मीचीमीची धुन हुन्छ ।
आज भागेश्वर गाउँपालिका संचालित ग्रामिण जलश्रोत व्यवस्थापन परियोजना डडेल्धुराले पनि २०७७ असोज १३ गते देखि कार्तीक १४ गते सम्म सवैले सावुन पानीले हात धने राष्ट्रिय अभियान मनाउने क्रममा विभिन्न टोलवस्तीहरुमा चरणबद्व तरिकाले सावुन पानीले हात धुने तरिका प्रदर्शन गरि जनचेतना अभियान संचालन गरेकाे थियाे अभियान लाई निरन्तर आज १५ अक्टाेवरका दिन विश्व हात धुने दिवस हातको सरसफाइ सबैका लागि, साबुनपानी हात, सधैं साथसाथ नाराका साथ कोभिड १९ बाट जोगिन विभिन्न जनचेतना मुलक कार्यक्रम संचालन गरि ग्रामिण जलश्रोत व्यवस्थापन परियोजनाले भागेश्वर गाउँपालिका वडा नं ४ डुङरीमा सावुन पानीले हात धुने अभ्यास प्रर्दशन गर्दै सरसफाइ सामग्रीको साथै मास्क वितरण समेत गरेको थियाे ।
भागेश्वर गाउँपालिकाका गाउँपालिका जलश्रोत अधिकृत भण्डारीले चरणबद्व तरिकाले हात धुनको महत्व र हुने फाइदा र कोरोना महामारीवाट बच्न अपनाइने सुरक्षात्मक विधिहरु बारे जानकारी गराउनको साथै साबुनपानीले २० सेकेण्डसम्म मिचिमिची हात धुदा श्वासप्रश्वासजन्य एवं निमोनिया संक्रमण तथा झाडापखालामा कमी ल्याउन सकिने र इबोला, हेपाटाइटिस, सार्स जस्ता जीवाणुद्वारा लाग्ने रोगबाट पनि बच्न सकिने कुरा बताउनु भएको थियाे ।
यो अभियान गाउँपालिकाका विभिन्न टोलमा नियमित रुपमा कार्तीक १४ गते सम्म अभियानकै रुपमा संचालन गरिने र त्यस पछि पनि सरसफाइका क्रियाकलापहरु नियमित रुपमा नै सहयोगी संस्था बहुउद्देश्यीय विकास समाज मार्फत संचालन गरिने जानकारी दिएका थिए ।

Views: 135




























