धनगढी, २९ असोज । सुदूरपश्चिम प्रदेशका बिभिन्न जिल्लामा संक्रिय संक्रमितको संख्या १ हजार २ सय ३० पुगेको छ ।



प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार सबैभन्दा धेरै कैलालीमा ५ सय ७८, डोटीमा १ सय २, कञ्चनपुरमा १ सय २७, बझाङमा १ सय २८, अछाममा ७५, बैतडीमा ५०, डडेल्धुरामा ३९, दार्चुलामा १ सय २२ जना र बाजुरा ६ जनामा कोरोनाका संक्रिय संक्रमित रहेका छन । सुदूरपश्चिमबाट हाल सम्म ७ हजार १ सय ८९ जना डिस्चार्ज भएका छन ।
बुधबार कैलालीबाट २ सय ३ जना, कन्चनपुरबाट ८ र बैतडी ३ जना गरी २ सय १४ जना डिस्चार्ज भएका छन । सुदूरपश्चिममा ३ हजार ५६ जनाको स्वावको रिर्पोट आउन बाकी रहेको सामाजीक बिकाश मन्त्रालयले जनाएको छ ।
प्रदेशमा हाल सम्म संक्रमीतको संख्या ८ हजार २ सय ९६ पुगेको छ भने १९ जनाको कोरोनाको कारण मृत्यु भइसकेको छ ।
Views: 134

























