२०८३ जेष्ठ १२ मंगलवार
२०८३ जेष्ठ १२ मंगलवार

सुदूरपश्चिममा थप १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी, २९ असोज । सुदूरपश्चिम प्रदेशका थप १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका तीन वटा प्रयोगशालामा गरीएको कोरोना परीक्षण भएकोमा १ सय ४२ जनामा संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घन्टामा १ सय ७२ जनाको परीक्षण गरिएकोमा कैलालीका ५६ सहित थप ६९ जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीका ५६, कञ्चनपुरका ११ र डडेल्धुराका १ र डोटीका १ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

कैलालीको धनगढी उपमहानगरपालिकाका मात्र ३२ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताउनु भयो । उपमहानगरपालिकाको वडा नम्बर १ का १० जना, वडा नम्बर ४ का ७ जना, वडा नम्बर ५ का ६ जना, वडा नम्बर २ का ३ जना र वडा नम्बर ८ का २ जनामा संक्रमण पुष्टि भएको उहाले जानकारी दिनुभयो । यस्तै वडा नम्बर १२ र १३ का १÷१ जना र वडा नखुलेका २ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताउनु भयो ।

कैलालीकै लम्किचुहा नगरपालिकाका १२ जना, गोदावरी नगरपालिकाका ९ जना, घोडाघोडी नगरपालिकाका २ जना र ठेगाना नखुलेका १ जनामा संक्रमण पुष्टि भएको छ । उता कञ्चनपुरको वेदकोट नगरपालिका–८ का ५ जना, लालझाडी गाउँपालिका–३ र पुर्नरवास नगरपालिकाका २÷२ जना, त्यस्तै भीमदत्त नगरपालिका र कृष्णपुर नगरपालिका–५ का १÷१ जनामा पनि संक्रमण देखिएको छ ।

डडेल्धुराको परशुराम नगरपालिका–१ र डोटीको दिपायल सिलगढी नगरपालिका–६ का १÷ १ जनामा समेत कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ । उता डडेल्धुरा अस्पताल प्रयोगशाला परीक्षणमा ४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १ सय ४० नमुना परीक्षण गर्दा दार्चुलाको महाकाली नगरपालिका ३८ जना र डोटी जोरायल गाँउपालिका ९ जना गरि ४७ जनामा सङ्क्रमण पुष्टि भएको डडेलधुरा अस्पताल परिक्षण प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भूषालले जानकारी दिनुभयो ।

यस्तै डोटी जिल्ला अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घन्टामा ४२ जनाको कोरोना परीक्षण भएकोमा १२ पुरुष र ५ महिला गरी १७ जनामा संक्रमण पुष्टि भएको छ ।

अस्पतालका ल्याव ईन्चार्ज शौरभ श्रेष्ठका अनुसार डोटीको दीपायल सिलगढी नगरपालिका १३ र बोगटानफुटसिल गाउपालिकाका ५ गरी १७ जनामा संक्रमण पुष्टी भएको हो । यस्तै कमलबजार अस्पतालको प्रयोगशालामा ६ र बझाङ अस्पातालको प्रयोगशालामा ३ जनामा कोरोना सक्रमण भेटिएको हो ।

योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ८ हजार ४ सय ३८ पुगेको छ । संक्रमण पुष्टि भएका ७ हजार बढीले कोरोना जितेका छन भने १९ जना संक्रमितको मृत्यु भएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।