काठमाडौं, २९ असोज । नवनियुक्त तीन मन्त्रीहरूले पथ तथा गोपनीयताको सपथ लिएका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले केही बेरअघि मन्त्रीहरूलाई सपथ गराएकी हुन्।



प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो तीन मन्त्री नियुक्त गरेकी थिइन्।
नयाँ नियुक्त मन्त्रीहरूमा अर्थमन्त्रीमा विष्णु पौडेल, शहरी विकासमा कृष्णगोपाल श्रेष्ठ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा लीलानाथ श्रेष्ठ छन्।
Views: 174

























