डोटी- जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप १७ जनामा संक्रमण पुष्टि भएको छ। ४२ जनाको कोरोना परीक्षण भएकोमा १७ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।



अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले डोटीको लिपायल सिलगढी नगरपालिकाका ९ पुरुष र ३ महिला गरी १२ जना, त्यसैगरी बोगटान फुडशिल गाउँपालिका ३ पुरुष र २ महिला गरी ५ जनामा कोरोना संक्रमण भेटिएको बताए।
Views: 121

























