२०८३ जेष्ठ १२ मंगलवार
२०८३ जेष्ठ १२ मंगलवार

खोलामा डुबेर कञ्चनपुरमा भुपू प्रहरी हवल्दारको मृत्यु

कञ्चनपुर, २९ असोज ।  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा आज खोलामा डुबेर भुपू प्रहरी हवल्दारको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाका अनुसार वडा नं ८ का ५० बर्षीय कमलसिंह ठगुन्नाको छहरी खोलामा डुबेर मृत्यु भएको हो ।
“बिहान घरबाट निस्केका ठगुन्ना खोलामा डुबेको भेटिएका हुन”, उनले भने, “घटनाको प्रारम्भिक अनुसन्धानले मृतकले मादकपदार्थ सेवन गरेको बुझिएको छ ।” प्रहरीका अनुसार शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ ।

अभियुक्तलाई कर्तव्य ज्यान मुद्धा

शुक्लाफाँटा नगरपालिका–८ मा भाउजु हत्याको अभियोगमा पक्राउ परेका २६ वर्षीय देवर मानसिंह खुनालाई कर्तव्य ज्यानमा मुद्धा चलाएर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

अभियुक्त खुनाले स्थानीय गौडी खोलाको डिलमा भाउजु ३५ वर्षीया कलावतीदेवी खुनाको शव गाडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

“अभियुक्त देवरलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्धा चलाएर दश दिन म्याद थप गरेका छौं”, प्रहरी नायब उपरीक्षक थापाले भने, “घरायसी विवादले हत्या गरेको देखिन्छ ।

” गत मंगलबार खोलामा माछा मार्न गएकी खुना घर नफर्केपछि स्थानीयवासी र परिवारका सदस्यले खोजतलास गर्दा खोलाको डिलमा रहेको बालुवामा गाडेको अवस्थामा शव फेला पारेका थिए । रासस

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।