दिपकराज भट्ट / डडेल्धुरा – डडेल्धुरा जिल्ला सुदुरपश्चिमकाे केन्द्रमा रहेकाे छ । डडेल्धुरा जिल्ला भाैगाेलिक दृष्टिकोणले पनि रमणिय क्षेत्र हाे । यहाँका सातै स्थानिय तहमा पर्यटकिय क्षेत्र रहेकाे छन् । भागेश्वर गाउँपालिकामा भागेश्वर मन्दिर ,सायल झर्ना , रहेका छन् भने परशुराम नगरपालिकामा परशुराम मन्दिर रहेकाे छ , अमरगढि नगरपालिकामा अमरगढि किल्ला , उग्रतारा मन्दिर घटालथान रहेकाे छन् , अजयमेरु गाउँपालिमा अजयमेरु काेट रहेकाे छ , गन्यापधुरा गाउँपालिकामा गन्याप ताल , अालिताल गाउँपालिकामा अालिताल रहेकाे छ।
यहाँ पर्यटकिय क्षेत्रकाे अवलाेकन गर्नुका लागि यस बर्ष भन्दा अगाडि तराई र भारत बाट स्वदेशि तथा बिदेशि पर्यटकहरु अाउने गरेकाे पाईन्थ्याे तर यस बर्ष भने काेराेना महामारिले भने यी क्षेत्रहरु सुनसान बनेका छन् । डडेल्धुरामा चिसाे छल्नुका लागि पनि तराई बाट डडेल्धुरा अाउने गरेकाे पाईन्थ्याे डडेल्धुरामा रहेकाे हाेटल क्लासिकका संञ्चालक मिलन भाटले बताउनुभयाे ।



विश्व महामारीको रुपमा रहेकाे काेराेनाले पर्यटन व्यवसायमा पनि धक्का पुगाएकाे छ ।
यी क्षेत्रमा चाडपर्व नजिकीए संगै अान्तरिक पर्यटकहरुकाे पनि घुईचाे लाग्ने गर्थ्याे ।
यहाका धार्मिक क्षेत्रमा चाडपर्व ,मेला, महत्स्व, जात हुने गर्थ्ये तर अहिले प्रशासनले भिड नगर्ने भन्ने अादेश दिएपछि यी स्थानहरु शुसान बन्ने भएका छन् । डडेल्धुरामा मनाईने जातहरुमा उग्रतारामा हुने जात ( देहिजात) डाेटि घटालमा दशैमा हुने जात, भागेश्वरमा मंसिरमा हुने जात ( धुराकि जात) परशुराममा माघे काे दिन हुने जात यस जिल्लाका प्रसिद्व जात हुन ।यी जातहरु हेर्नका लागि पुर्व देखि र छिमेकी मुलुक भारतबाट समेत अाउने गरेकाे पाईन्थ्याे ।

























