२०८३ जेष्ठ ३० शनिबार
२०८३ जेष्ठ ३० शनिबार

सुदूरपश्चिममा थप ९१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८२९६ पुग्यो

धनगढी, २८ असोज । सुदूरपश्चिम प्रदेशका थप ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेशका तीन वटा प्रयोगशालामा गरीएको कोरोना परीक्षण भएकोमा ९१ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घन्टामा चार सय ३२ जनाको परीक्षण गरिएकोमा कैलालीका ५१ सहित थप ६० जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीका ५१, कञ्चनपुरका ८ र बझाङका ८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । कैलालीको धनगढी उपमहानगरपालिकाका मात्र ३१ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताउनु भयो ।

उहाका अनुुसार गोदावरी नगरपालिका र टीकापुर नगरपालिकाका ७ ÷७ जना, कैलारी गाउँपालिकाका ४ जना र लम्कीचुहा नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको छ । कञ्चनपुरको वेदकोट नगरपालिकाका ४ जना, बेलौरी र पुर्नवास नगरपालिकाका १÷१ जना, स्थानीय तह नखुलेका दुई जना र थलारा गाउँपालिका बझाङका १ जनामा पनि संक्रमण देखिएको छ ।

डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ९ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा ७९ जनाको कोरोना परीक्षण भएकोमा ५ पुरुष र ४ महिला गरी ९ जनामा संक्रमण पुष्टि भएको जिल्ला अस्पताल डोटीले जनाएको छ ।

अस्पतालका ल्याव ईन्चार्ज शौरभ श्रेष्ठका अनुसार डोटीको दीपायल सिलगढी नगरपालिका ७ र अछामको बयलपाटाका २ गरी ७ जनामा संक्रमण पुष्टी भएको हो । डडेल्धुरामा गरिएको परिक्षणमा बुधबार थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ६७ जनाको कोरोना परीक्षण गरिएकोमा डडेल्धुराको अमरगढी नगरपालिकाका १ जना, नवदुर्गा गाउँपालिकाका १ जना र दार्चुलाको महाकाली नगरपालिकाका १ जनामा सक्रमण पुष्टि भएको प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भुसालले जानकारी दिनुभयो ।

यस्तै बझाङ प्रयोगशालामा ३, बैतडी प्रयोगशालामा ४ र कमलबजार प्रयोगशालामा १२ जनामा कोरोना पुष्टि भएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ । योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ८ हजार २ सय ९६ पुगेको छ ।

संक्रमण पुष्टि भएका ६ हजार ७ सय बढीले कोरोना जितेका छन भने १९ जना संक्रमितको मृत्यु भएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।