२०८३ भाद्र २३ मंगलवार
२०८३ भाद्र २३ मंगलवार

डडेल्धुराकाे भागेश्वर गाउँपालिकामा अाईसाेलेसन छिटै सुचारु हुने , निर्माण कार्य सम्पन्न ।

दिपकराज भट्ट / (भागेश्वर )- डडेल्धुरा जिल्लामै पहिलो पटक भागेश्वर गाउँपालिकाले आईसोलेसन केन्द्र निर्माण सम्पन्न भएकाे छ।

भागेश्वर गाउँपालिका सदरमुकाम बगरकोटमा २० शैयाको आईसोलेसन केन्द्र निर्माण कार्य सम्पन्न भएकाे छ।

एक स्थानिय तह एक आईसोलेसन केन्द्र निर्माण गर्नु पर्ने नेपाल सरकारको प्रावधान छ । सरकारको प्रावधान अनुसार गाउँपालिकाको आर्थीक सहयोग र स्थानिय बासीन्दाको जनश्रमदानमा आईसोलेसन केन्द्र स्थापना भएकाे गाउँपालिकाका प्रमुख हर्ष बहादुर राेकाले जानकारि दिएका छन् ।

करिव २० लाख रुपैयाँको लागतमा समिति मार्फत आईसोलेन केन्द्र निर्माण गरिएकाे राेकाले जानकारि दिनु भयाे ।

आईसोलेसन केन्द्रमा महिला पुरुषका लागि छुट्टा छुट्टै कोठा बनाईएका छन । आईसोलेसन वार्ड भनिए पनि बिरामी नभएका समयमा क्वारेन्टीनमा पनि प्रयोग गरिने गाउँपालिका अध्यक्ष काैशिला भट्टले जानकारि दिनुभयाे ।

आईसोलन केन्द्र निर्माण भए पछि भारत बाट आएकाहरुलाई क्वारेन्टीनका रुपमा विद्यालयमा राख्नु पर्ने बाध्यताको अन्त्य हुने वडा नंम्वर ३ का अध्यक्ष राम शाहिले बताए र स्थानिय स्तरमा राेजगारकाे सिर्जना हुने समेत शाहिकाे भनाई छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।