दिपकराज भट्ट / डडेल्धुरा – एक ठूलो सपना बोकि हिडेका युवा जस्ले गरिब अशहायका लागि सहयोग बटुल्न अघि बढे तर चौतर्फी आलोचना पाए।
आलोचना ले नै मानिस अगाडी बढ्छ त्यही मान्यता राख्दै प्रबिन भट्ट आलोचना र समाज सङ्ग लडेर आफ्नो बाचा पूरा गर्न लागि रहेका छन् ।
बिश्व कोरोना को आतङकमा रहेको समयमा उनले गरिरहेको सहयोगमा धेरै मानिसहरु खुशी भएको देखिए उनले सुरु गरेको मुल



“नारा (मानवता बाकी छ) (HUMANITY MATTERS)”
सङ्गै यस महिनामा कमाएको आफ्नो सारा रकमको ९०% सहयोग गरेका छन । कोरोनाको कारण आफ्नो आयश्रोत मा ठूलो धक्का पुगेको उनले बताउनु भयो , कमाइ कम भएको र ४०% ले सहयोग गर्न नसकेको ले ९०% सहयोग गरेका हुन। उनले पाच परिवार ले राशन दिनुभयाे ।
अनि परिवारको किड्नी मा समस्या आएर बिहानै भौतारिदै गरेकी गोदवरी नगरपालिकाकि गिता देवि बादी लाई नगद रु ६०००/- सहयोग गरेका हुन।
प्रबिन भन्छन
“सानो सहयोग नै कसैको लागि ठूलो सहयोग हुनसक्छ त्यसैले सहयोग गर्न पछाडी हट्नु हुन्न।”
– काे हुन त समाजसेवि प्रविन
डडेल्धुरा अमरगढि नगरपालिका घर भएका प्रविन भट्ट समाजसवामा लागि रहने निधाे गरेका छन् ।
उनले केही महिना अगाडि अाफुले कमाएकाे चालीस प्रतिसत बेसाहार र गरिब लाई दिने घाेषणा गरेका थिए । तर यश महिनामा नब्बे प्रतिशत दान दिएका छन् ।
भट्ट अहिले सुर्या लाईफ ईन्साेरेन्स , महिन्द्रा स्वरुम सुजुकि स्वरुम र बिग क्याट ईन्टरनेशनल पा लि
काम गरिरहेका छन् ।
समाजमा गरिव , बेसाहाराकाे दुख देखेर उनिहरुलाई केही हद सम्म राहात स्वरुप भए पनि अाफुले सक्दाे सहयाेग गरिरहने भट्ट बताउछन् । ।

























