धनगढी, २७ असोज । सुदूरपश्चिम प्रदेशका थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका तीन वटा प्रयोगशालामा गरीएको कोरोना परीक्षण भएकोमा ७५ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा ५ सय ४८ जनाको परीक्षणमा कैलाली, कञ्चनपुर, दार्चुला र डडेल्धुराका गरी ३६ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार कैलालीको धनगढी उपमहानगरपालिकाको वडा नम्बर १ र ५ का ५/५ जना, वडा नम्बर ८ का ४ जना, वडा नम्बर ३ का ३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।



यस्तै वडा नम्बर ४, १२, १३ र १५ का दुई/दुई जना, त्यसैगरी वडा नम्बर ६ का एक जनामा पनि संक्रमण पुष्टि भएको उनले बताए । त्यस्तै कैलालीकै लम्किचुहा नगरपालिका–३, गौरीगंगा नगरपालिका र स्थानीय तह नखुलेका एकरएक जनामा समेत कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताउनु भयो ।
यसैगरी कञ्चनपुरको कृष्णपुर नगरपालिकाका २ जना, त्यसैगरी महाकाली नगरपालिका–२, पुर्नरवास नगरपालिका–१ र भीमदत्त नगरपालिका–१८ का १/१ जनामा भाइरसको संक्रमण देखिएको छ । त्यस्तै दार्चुलाको नौगाढ गाउँपालिका–२ र डडेल्धुराको अजयमेरु गाउँपालिका– १ का १/१ जनामा पनि कोरोना पुष्टि भएको बताइएको छ । उता डडेल्धुरामा गरिएको परिक्षणमा पछिल्लो २४ घण्टामा ३६ जनाको कोरोना परीक्षण गरिएकोमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भुसालले डडेल्धुराको परशुराम नगरपालिकाका १७ जना, नवदुर्गा गाउँपालिकाका २ जना र बैतडीको पाटन नगरपालिकाका ६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
यस्तै डोटी जिल्ला अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घन्टामा ६२ जनाको कोरोना परीक्षण भएकोमा १४ जनामा संक्रमण पुष्टि भएको छ । अस्पतालका ल्याव ईन्चार्ज शौरभ श्रेष्ठका अनुसार डोटीको आर्दश याउँपालीकाका १२ जना, सायल र केआइसींह गाउपालिकाका १÷१ जनामा गरि १४ जनमा संक्रमण पुष्टी भएको हो ।
योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ८ हजार १ सय ९९ पुगेको छ । संक्रमण पुष्टि भएका ६ हजार ७ सय बढीले कोरोना जितेका छन भने १८ जना संक्रमितको मृत्यु भएको छ ।

























