डडेल्धुरा – चाडपर्व नजिकिए संगै डडेल्धुरा जिल्ला सदरमुकाम बागबजार लगाएत स्थानिय बजार क्षेत्रहरुमा चहल पहल बढन थालेकाे छ ।



लामो समय देखि कााेना महामारिले गर्दा बन्द रहेका सवारीसाधनका साथै व्यापार, व्यवसाय सबै संचालनमा अाएका छन ।
बाहिरि जिल्ला र भारतबाट सदरमुकाम आउनेहरुको संख्या बढेको छ । यसले बजारमा चलह पहल पहिलेकाे तुलनामा ह्वात्तै बढेको छ ।
बजारमा बढेको भिडभाड लाई हेर्दा अवस्था सामान्य भईसकेको जस्तो देखिन्छ तर कोरोना भाईरसको जोखिम कम नभएकाले यस्तो अवस्थामा सबैले सावधानी अपनाउनु पर्ने स्थानियहरुकाे भनाइ छ ।
लकडाउनु खुलेपछि बजार खुकुलाे भएकाे र यसका साथै बजारमा अहिले सबैको लापरवाही पनि बढ्को छ । न त माक्स लगाउछन् न त सामाजिक दरी कायम गरेको हुन्छ यहाका स्थानियहरुले ।
चाडपर्व नजिकिए संगै बिभिन्न कामले सदरमुकाम आउनेको संख्या बढेको हाे र जिल्ला बाहिर बाट चाडपर्व का लागि घर जानेकाे संख्या बढेकाे हाे ।
लकडाउनुका बेला नभएका काम अहिले हुन थालेकाले बजारमा भिडभाड हुने गरेको सेवाग्राही काे भनाइ रहेकाे छ ।
सवारीसाधनका यात्रु एवं पैदल यात्रु कसैले पनि मास्क प्रयोग गरेको पाईदैन् । कोरोना बाट बच्नुका लागि भौतिक दूरी कायम राख्ने, सरसफाइमा ध्यान दिने, साबुनपानीले हात धुने, मास्क लगाउने, लगायतका क्रियाकलाप गरेमा जोखिम न्यूनीकरण हुन सक्ने चिकित्सकरुको भनाइ छ ।
नेपाल सरकार र जिल्ला प्रशासन कार्यालयबाट समेत कोरोना बाट बच्न विभिन्न सावधानी अपनाउन आग्रह गर्दै आएको छ । तर सर्वसाधारणले भने यस्ता उपायहरु लागू नगर्दा जोखिम बढ्दै गएको डडेल्धुरा का व्यापारी राजेन्द्र पनेरु काे भनाइ रहेकाे छ ।

























