हामी जन्मिदा २०२२/०२३ साल तिर आखा लाउने हो भने नेपाल र कोरियाको प्रतिब्यक्ती आय बराबर यानी १५० डलर थियो आज हामी ४५बर्षका पुग्दा हाम्रो प्रति ब्यक्ति आय ३५०डलर करिबमात्रै छ भने कोरिया को २०००० अमेरिकी डलर प्लस ?भुटान हामी भन्दा कति देश सानू तर प्रती ब्यक्ति आय ११०० US डलर ?हाम्रो मा त झन भएकै उद्द्योग हरुपनि निजीकरणको नाममा कौडिमा फाल्दै उदारीकरण को नाउमा बिदेशिहरुको हातमा पुगाएका छौ। अर्कोतिर हाम्रो देशकोभबिस्य भनिने ४५ लाख भन्दा बढी युबाहरु बिदेशी को गुलामी गर्दै रोजगारि जो कि ऊनीहरुको संबैधानिक अधिकार भनिएको छ् त्यसैको खोजीमा दिनहु लुटिएका छन कुटिएका छन ठगिएका छन रआफ्नो अस्मिता माथी बलात्कार मात्रै सहेका होइनन् कि ज्यानै पनि गुमाउनु परेको पीडा मा छन भने देश चलाउनेहरु यहाँ डि जे बजाउदै बसेका छन मस्ती मा छन।तिनै युबाहरुले हड्डी घोटेर दिएको रेमिटेन्स ले नेताहरू नाक फुलाउदै डुङ्ग्डुङ्ग्ती गनहाउने गरि भ्रष्टाचारको अकुत पोखरीमा रमाउदै छनभने हामीयुबा तिनीहरुकै भजन गान भन्दा माथी उठन सोच्नसम्म पनि सकेका छैनौ? अब समृद्धि के हाम्रा बुढापाका पुस्ताले ल्याउने हुन र?खै हाम्रो भबिस्य?
जबसम्म हामी न्युनतम यी जोसिला युबाहरुलाई आफ्नै देशमा राख्न सक्दैनौ तब सम्म यो देश उभो लाउन सकिन्न भन्ने स्वाशत सत्य सबैले राम्ररि बुझेका पनि छन तर …कसरी कहिले ?कुनै दल लाई मतलब छैन?कारणयी यिनिहरु राजनीतिक दल नै हैनन दल्लन हरु हुन जस्को काम हुन्छ पिस्नु?पिस्दैछन आफ्ना युबाहरुलाई खाडीमा ! दल भएको भए त कुनै भिजन हुन्छ नि? देस भनेको ढुङ्गा माटो मात्रै हो र ?त्यहा सास फेर्ने नागरिक पो देस हो?सोच्नु पर्दैन यी दल्लनहरुले हामी कहाँनिर चुक्यौ भनेर?
हामी जन्मे पछिको नेपालमा ०४७ जन आन्दोलन पछीको परिदृश्यमा हेर्ने हो भने
कम्युनिस्ट आन्दोलननै हाम्रो देशको सबैभन्दा लोकप्रिय आन्दोलनका रूपमा देखिन्छ ।हो पनि कम्युनिस्टहरु को लोकतान्त्रीकरण का सवाल मा मदन भण्डारीको ज ब ज र ए मा ले अनि सामन्ती सत्ता को प्रतिनिधित्व गर्ने राजतन्त्र फाल्ने सवालमा माओवादी हरुको योगदान र भुमिकालाई किमार्थ भुल्न मिल्दैन ससम्मान नमन गर्नु पर्छ!तर त्यस पछिको उपलब्धि चाहिँ के?
जसरी रास्ट्रबाद्का सवालमा महाकाली सन्धिमा ए मा ले स्खलित भयो त्य्स्तै गरि करिब १७ हजार भन्दा बढीको बलिदान लाई लत्याउदै जब माओबादि ज ब ज को मुल प्रबाहमा आईपुग्यो माओबादी आन्दोलन पनि स्खलित हुन पुग्यो अनि सर्बहारा जनबादी राज्य स्थापनाको ललिपप त हरायो हरायो पुजीवादी गणतन्त्र मै पनि न्युनतम हुनु पर्ने कम्युनिस्ट चरीत्र सादा जिबन शैली, उच्च राजनितिक भिजन, भ्रष्टाचार मुक्त प्रशासन,मुल्य र मान्यता मा आधारित राजनिति केहीपनि बाकी रह्यो त ??काङ्ग्रेस त उहिल्यै कुहिरोको काग भैसक्यो नि!बि पि को नाम जब सम्म बेचिन्छ बेच्ने बाच्ने खाने।अरु नया बैचारिक चिन्तन र राजनैतिक दायित्वहरु मोटो चस्मा लाउने नेताहरू लाई के को देखिनु?
फोहरि सत्ता लिप्सा,बिलासी जिबनशैली हुदा हुदा उहीँ राजा र राणा कालिन सुरा र सुन्दरी केन्द्रित तल्लो स्तरको सोचमा पुगेका यी शासकहरु होइन कि कुशासकहरु बाट हामीले अझै आस राख्नेआधार छ र केहि ? ०६५ यता हेर्ने हो भने करिब ६५% भन्दा बढी मतदाताहरु बामपंथको पछ्यमा देखिएका मात्रै होईन कि प्रचण्ड दुई तिहाईको सरकार सम्म निर्माण गरि जनताले आफ्नो गर्ने गरि सके अब देश र जनताका लागि सोच्नु पर्ने यिनै राजनीतिक दलहरूले होईन र?तर सत्ताको स्वादिलो रापमा अर्धचेत भैसकेको यिनी दल्लनहरु बाट अब कुनैआस राख्ने ठाउँ छैन। अबको एकमात्र बिकल्प भनेको युबा पुस्ता बिउझनु हो र झस्कनु र झस्काउनु पनि हो।कुनै पनि यस्ता चरीत्रका राजनीतिक दल र ब्यक्तिहरुको आन्धभक्ती छोड्नु र प्रतिरोध मा उत्रिनु आजको सामाजिक आबस्यकता हो ।
जुनसुकै दलमा भएपनी निष्ठा र आदर्शको राजनीतिका लागि युबाहरु जब सम्म राजनीतिमा फाल हाल्दैनन यो देशको दर्बिलो स्वभिमान,गर्बिलो एतिहासिक बिरासत अनि समृद्धि को सपना केही पनि बचाउन सकिन्न!सकिन्न!
यो देस तपाईं हाम्रो आफ्नो हो हामी गैर नागरिक वा रैती होइनौ मालिक हौ! राजनिती दुशित भयो भनेर केही हुनेवाला छैन फोहर हटाउन मालिक आफै ओर्लिनु पर्छ माया छ भने।अब यी अमुल्य ४५ बर्षको सावा र ब्याज खोज्न कमर कस्ने छोराहरु नेपाल आमाले खोजेकी छन जन्मभुमि र सामजको ॠण तिर्न युबा बिउझिन ढिलो भै सक्यो। जो जहाँ छौ त्यही बाट बिउझौ र बिउझाउ एक अर्कोलाई बलियो पारौ युबा शक्ति महासक्ती हो आउ कमर कसौ! युबाहरुआट त सहि एक दिन कोरिया भुटान जाने होईन यहि कोरिएन उद्द्योग हरु आउनेछन इमानदार चेत भएका युबा बिउझियौ भने!त्यसैले पहिला भन्न सिक !
रोजगार हाम्रो जन्मसिद्ध अधिकार्! जसरी दिन्छस
आफ्नै ठाउमा दे सरकार !!
आफ्नो देस बनाऔ आफ्नो गाउँ बनाऔ नत्र कोरिया बाट तिमी रिटायर भएर आउदासम्म पनि यो देस जस्तो थियो जहाँ थियो त्यस्तै रहने कुरामा कुनै सन्देह छैन!अस्तु।
लेखक – तारा प्रसाद पन्त / समाजसेवी डडेल्धुरेलि ( अजयमेरु) का युवा हुन उनी डडेल्धुरा का समसामयिक गाउँ टाेलका समस्य उजागरणका लागि निरन्तर लागि रहन्छ । युवा लाई देशमा परिवर्तनका लड्न सिकाई रहेका छन् र अात्मानिर्भरता बढाउने काेसिमा निरन्तर लागि रहेका छन् ।





















