२०८३ आश्विन १९ सोमबार
२०८३ आश्विन १९ सोमबार

धनगढीमा घर फुटाएर नगद सहित ३० तोला सुन चोरी

धनगढी- धनगढीमा घर फुटाएर नगद सहित ३० तोला सुन चोरी भएको छ।

धनगढी उप–महानगरपालिका वडा नम्बर ३ का चेतराज जोशीको घरको ताल्चा फुटाएर गत असोज १९ गते राती दुई लाख नगद सहित करिब ३० तोला सुन चोरी भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले दिनेश खबरलाई जोशीको घरको ताल्चा फुटाएर नगद सहित करिब ३० तोला सुन चोरी भएको जानकारी दिए।

उनका अनुसार जोशी स–परिवार असोज १८ गते काठमाडौँ गएका थिए। १९ गते राती चोरी भएको थियो। जोशीले २० गते घरमा चोरी भएको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए।

चोरले नगद र सुन चोरी गरेपनि घरमा रहेका अन्य सामान भने नलगेको प्रहरीले जनाएको छ। उक्त घटनाको अनुसन्धानका लागि प्रहरीले छुट्टाछुट्टै टोली परिचालन गरेको छ। दिनेश खबरबाट साभार

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।